राप्ती लोकमार्गका सवारीचालक भन्छन्, 'सडकमा खाल्डो हो कि खाल्डोमा सडक!'

सल्यान : दशैँ लागिसकेकाले सडकमा सवारीसाधनको चाप बढी छ। तर, वर्षा र पहिरोले क्षति पुगेका सडक मर्मत नहुँदा सवारीसाधन फस्ने, बिग्रने गर्दा यात्रुले सास्ती भोग्नुपरिरहेको छ।राप्ती लोकमार्गसँगै अन्य ग्रामीण सडक मर्मत नहुँदा यात्रुले सास्ती खेप्नुपर्ने त छँदैछ, यात्रामा बढी समय खर्चनु परेको पनि छ। अझ ग्रामीण सडकभन्दा पनि धेरै त राप्ती राजमार्ग नै बिग्रिएको चालकहरू बताउँछन्।कपुरकोट आसपासमा खसिरहने पहिरोले यात्रु र चालकलाई धेरै सास्ती दिएको चालक रविन्द्र श्रेष्ठले