म्याग्दी : बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। वर्षा याममा खोलामा आउने बाढीका कारण दैनिकरुपमा सडक अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन र पैदल यात्रुहरु बीच बाटोमा नै अलपत्र पर्ने गरेका छन्। २०७३ सालमा आएको बाढीले बेगखोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि बेनी जोमसोम सडकको यात्रा निरन्तर प्रभावित हुँदै आएको छ। चार वर्ष बितिसक्दा पनि कोरला नाकासँग जोडिएको कालीगण्डकी