काठमाडौं महानगरका मूख्य निर्वाचन अधिकृत भन्छन् : नोट गने जस्तो गरी मतगणना गर्न सकिदैन, भोलिदेखि ७ ओटा टोलिले मतगणना गर्छ

जेठ १, काठमाडौं । काठमाडौं महानगरपालिकाका मूख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नोट गनेजस्तो मतगणना गर्न नसकिने बताएका छन्।  राष्ट्रिय सभा गृहमा आइतवार साँझ सञ्चारकर्मीहरुको को प्रश्नको जवाफमा उनले भने,  ‘बाकसबाट खन्यायो, अनि नोट गनेजस्तो केही नहेरी गन्ने भएको भए छिटो हुन्थ्यो होला,प्रक्रिया हुन्छ। फेरि प्रश्न उठ्यो भने झन् खराब हुन्छ।’ उनले सोमवार बिहानदेखि सात ओटा टोलीले मतगणना गर्ने पनि बताए। ‘बाहिरबाट हेर्दा राष्ट्रिय सभा गृह ठूलो देखिन्छ। तर हामीलाई उपलब्ध गराइएको स्थान सीमित छ। महानगरपालिको भवन प्रयोग गरिरहेका छौं। नगरपालिकाले खाली भएको कोठा र उपलब्ध गराउन सक्ने स्थान उपलब्ध गराएको छ’, उनले भने, ‘उपलब्ध भएसम्म कोठामा मिलाएर गन्ने काम भइरहेको छ। सातबाट आठ बनाउने स्थान छैन। यो भवनभन्दा बाहिर लगेर गणना गर्न सकिन्न। कानूनले रोक्छ। त्यसलाई पनि हामीले विचार गर्नुपर्ने हुन्छ।’ उनले मतगणना कार्य सजिलो नभएको पनि बताए ।  उनले २०७४ सालमा १५ दिन समय लागेको उल्लेख गर्दै २०७४ को भन्दा अहिले मतपत्र ठूलो रहेको पनि बताए ।  ‘जति ठाउँमा गने पनि निर्वाचन अधिकृत उपस्थित हुनुपर्छ। एउटा निर्वाचन अधिकृत कति ठाउँमा एकैचोटि उपस्थित हुनसक्छ’, उनले भने, ‘जमीनमा पनि गन्ने अवस्था हुँदैन। समय लाग्नु स्वाभाविक छ। ’यो छिटो हुनुपर्छ भन्ने चासो लाग्नु स्वभाविक हो’, उनले भने, ‘चासोलाई सम्बोधन गर्दै सकारात्मक रूपमा लिंदै थप व्यवस्थित गर्दै लैजान्छौं।’ महानगरको मतगणना कछुवा गतिमा भइरहेको भन्ने सर्वत्र चासो र चिन्ता व्यक्त गर्न थालिएपछि उनको पछिल्लो भनाइ सार्वजनिक भएको हो । बेलुका ८ ४० प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार काठमाडौं महानगरेको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ४ हजार १४९ मत पाएका छन्  । यसैगरी नेकपा(एमाले)का उम्मेदवार केशव स्थापितले २ हजार १४८ मत पाएका छन् । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार सिर्जन सिंहले १ हजार ९३४ मत पाएकी छन् ।

सम्बन्धित सामग्री

काठमाडौं १ मा मतगणना सुरु

५ मंसिर, काठमाडौं । काठमाडौं-१ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहान ८ बजे नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण ढिला गरी मतगणना सुरु भएको हो । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राप्रपाका रवीन्द्र मिश्रलगायत केही […]

नयाँ बजारमा सुरु भयो काठमाडौं ७ को मतगणना

आइतबार सम्पन्न निर्वाचनको मतगणना काठमाडौं क्षेत्र नम्बर ७ मा सुरु गरिएको छ।  नयाँबजारस्थित जुडो हलका चार स्थानमा मतगणना सुरु गरिएको हो ।  निर्वाचन अधिकृत उषा श्रेष्ठले सर्वदलीय बैठकपछि मतगणना थालिएको बताइन् ।काठमाडौं  ७ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई, नेकपा एमालेका श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठलगायत उम्मेदवार छन् ।

काठमाडौं क्षेत्र नं. ७ को मतगणना जारी, १ को पनि सुरु गर्ने तयारी

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को मतगणना सुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १६ नयाँबजारस्थित जुडो हलका चार स्थानमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् । सर्वदलीय सहमतिका आधारमा मतगणना थालिएको उनले बताइन् । मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको छ । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको […]

काठमाडौं ७ मा मतगणना सुरु

काठमाडौं – काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को मतगणना भर्खरै सुरु भएको छ। काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा मतगणना सुरु गरिएको हो। सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन्। चार स्थानमा मतगणना सुरु गरिएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ। मतगणनास्थलमा सुरक्षाकर्मीको […]

काठमाडौं-३ मा भोलिदेखि मात्रै मतगणना

काठमाडौं : काठमाडौं-३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ। सर्वदलीय बैठकले भोलिदेखि मात्रै मतगणना सुरु गर्ने प्रारम्भिक सहमति जुटाइसकेको निर्वाचन अधिकृत मन्दिरा शाहीले बताइन्।‘सर्वदलीय बैठकमा सोमबारदेखि मात्रै मतगणना सुरु गर्ने भन्ने प्रस्ताव आएको छ, उहाँहरूले नै हामी भोलिपल्ट बाट मात्रै मतगणना गर्न मञ्जुर छौँ भन्नुभएको छ,त्यसैअनुरुप हामीले भोलि नै गर्ने भनेर खाका बनाइसकेका छौँ', निर्वाचन अधिकृत शाहीले भनिन्। अहिले मतपेटिका बुझ्ने काम भइरहेको पनि निर्वाचन अधिकृत शाह

काठमाडौं- ३ काे मतगणनाबारे के भन्छिन् निर्वाचन अधिकृत ?

काठमाडौं क्षेत्र नम्बर ३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ

काठमाडौं- १ को मतगणना सोमबार बिहानदेखि सुरु हुने

काठमाडौं । काठमाडौं क्षेत्र नं १ को मतगणना सोमबार बिहानबाट सुरु हुने भएको छ । आइतबार राति बसेको सर्वदलीय बैठकले सोमबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । सो क्षेत्रका सबै मटपेटिका संघीय संसद भवन नयाँ बानेश्वर ल्याइएको गणनाका लागि ल्याइएको छ । प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार उक्त क्षेत्रमाा ५५ […]

काठमाडौं- ३ मा सोमबारदेखि मतगणना

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठकले सोमबारदेखि मात्रै मतगणना सुरू गर्ने प्रारम्भिक सहमति जुटाइसकेको निर्वाचन अधिकृत मन्दिरा शाहीले बताउनुभयो । ‘सर्वदलीय बैठकमा सोमबारदेखि मात्रै मतगणना सुरु गर्ने भन्ने प्रस्ताव आएको छ । उहाँहरुले नै हामी सोमबारबाट मात्रै मतगणना गर्न मञ्जुर छौं भन्नुभएको छ। […]

भोलिदेखि काठमाडौं महानगरको मतगणना सात ठाउँबाट हुने

काठमाडौं महानगरको मतगणना सोमबार बिहानबाट सात  ठाउँबाट हुने भएको छ ।  मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले काठमाडौ महानगरको मतगणना जटिल रहेको भन्दै प्रकृया र प्रकृतिअनुसार मत गणनालाई सहजता बनाउने प्रयास भइरहेको बताए ।आइतबार साँझ निर्वाचन मतगणना प्रक्रिया र योजनाका बिषयमा प्रत्यक्ष प्रसारणमार्फत प्रतिक्रिया दिँदै उनले सोमबारबाट काठमाडौं महानगरको मतगणना सात ठाउँबाट हुने जानकारी दिए ।आइतबारसम्म महानगरको मतगणना ६ ठाउँबाट भइरहेको छ । तर मतगणना सुस्त भएको जनगुनासो आइरहेको छ । यद्यपि मुख्य

काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभा गृहमा

काठमाडौं : काठमाडौं महानगरको मतगणना राष्ट्रिय सभा गृहमा हुने भएको छ। अपराह्न ५ बजे मतदान सकिएपछि मतपेटिका राष्ट्रिय सभागृहमा लगिनेछ। सबै मतपेटिका पुगिसकेपछि सर्वदलीय बैठक बस्नेछ। त्यस बैठकले मतगणनाका विषयमा निर्णय गर्नेछ। जिल्लामा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार एक पटकमा ५ वटा वडाको गणना गर्ने व्यवस्था मिलाइएको छ। मतगणना परिणाम सार्वजनिक गर्न महानगरपालिकाले राष्ट्रिय सभागृहको प्रवेशद्वारमा डिजिटल बोर्ड राखिएको छ। खतिवडाका अनुसार काठमाडौंका अन्य पालिकामा निर्वा