काठमाडौं महानगरको मतगणना सोमबार बिहानबाट सात ठाउँबाट हुने भएको छ । मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले काठमाडौ महानगरको मतगणना जटिल रहेको भन्दै प्रकृया र प्रकृतिअनुसार मत गणनालाई सहजता बनाउने प्रयास भइरहेको बताए ।आइतबार साँझ निर्वाचन मतगणना प्रक्रिया र योजनाका बिषयमा प्रत्यक्ष प्रसारणमार्फत प्रतिक्रिया दिँदै उनले सोमबारबाट काठमाडौं महानगरको मतगणना सात ठाउँबाट हुने जानकारी दिए ।आइतबारसम्म महानगरको मतगणना ६ ठाउँबाट भइरहेको छ । तर मतगणना सुस्त भएको जनगुनासो आइरहेको छ । यद्यपि मुख्य