काठमाडौं-३ मा भोलिदेखि मात्रै मतगणना

काठमाडौं : काठमाडौं-३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ। सर्वदलीय बैठकले भोलिदेखि मात्रै मतगणना सुरु गर्ने प्रारम्भिक सहमति जुटाइसकेको निर्वाचन अधिकृत मन्दिरा शाहीले बताइन्।‘सर्वदलीय बैठकमा सोमबारदेखि मात्रै मतगणना सुरु गर्ने भन्ने प्रस्ताव आएको छ, उहाँहरूले नै हामी भोलिपल्ट बाट मात्रै मतगणना गर्न मञ्जुर छौँ भन्नुभएको छ,त्यसैअनुरुप हामीले भोलि नै गर्ने भनेर खाका बनाइसकेका छौँ', निर्वाचन अधिकृत शाहीले भनिन्। अहिले मतपेटिका बुझ्ने काम भइरहेको पनि निर्वाचन अधिकृत शाह

सम्बन्धित सामग्री

उपराष्ट्रपति निर्वाचन : यसरी हुँदैछ मतगणना (फोटोफिचर)

काठमाडौं, ३ चैत्र । उपराष्ट्रपति निर्वाचनको मतगणना भइरहेको छ। मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा भइरहेको छ। बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो। मतगणनापछि शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ। मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गरेका छन्। […]

काठमाडौं ३ मा कांग्रेसका चालिसेको अग्रता, पछि परे एमालेका राई

काठमाडौं, ५ मंसिर । काठमाडौं क्षेत्र नम्बर ३ मतगणना जारी छ । एमालेका कृष्णबहादुर राईलाई कांग्रेसका सन्तोष चालिसेले पछाडि पारेका छन् । यसअघि राईले अग्रता लिएका थिए । चालिसेले १८३७ मत ल्याउँदा राईले १५३६ मत ल्याएका छ्न । राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ९४५ मत ल्याएका छन् ।

काठमाडौं ३ को मतगणना चामुण्डा माविमा सुरु

काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ। चामुण्डा माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि मतगणना सुरु भएको हो। एक हजार मतगणना सकिएपछि मतसङ्ख्याको जानकारी माइकिङमार्फत् दिइने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। समानुपातिकको पनि मतगणना सकेरमात्र यो क्षेत्रको निर्वाचनको प्रतिवेदन बुझाइने बताइएको छ। काठमाडौं ३ मा ५८…

काठमाडौं- ३ काे मतगणनाबारे के भन्छिन् निर्वाचन अधिकृत ?

काठमाडौं क्षेत्र नम्बर ३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ

काठमाडौं- ३ मा सोमबारदेखि मतगणना

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठकले सोमबारदेखि मात्रै मतगणना सुरू गर्ने प्रारम्भिक सहमति जुटाइसकेको निर्वाचन अधिकृत मन्दिरा शाहीले बताउनुभयो । ‘सर्वदलीय बैठकमा सोमबारदेखि मात्रै मतगणना सुरु गर्ने भन्ने प्रस्ताव आएको छ । उहाँहरुले नै हामी सोमबारबाट मात्रै मतगणना गर्न मञ्जुर छौं भन्नुभएको छ। […]

काठमाडौं-३ मा सोमबार बिहानमात्र मतगणना हुने

काठमाडौं-३ मा आज निर्वाचन सकिएपछि सबै प्रक्रिया पूरा गरेर सोमबार बिहान ७ बजेमात्र मतगणना सुरु गर्ने सहमति सर्वदलीय बैठकमा भएको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिइन् ।

भरतपुर महानगर मतगणना अपडेट : रेनुले विजय सुवेदीसँग मतान्तर बढाईन्

काठमाडौं, ३ जेठ । भरतपुर महानगरमा मतगणना जारी छ । अहिलेसम्म १८ हजार ४७ मत गणना हुँदा मेयरमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले अग्रता लिएकी छिन् । उनले ६ हजार १९ मत पाउँदा नेकपा (एमाले) का विजय सुवेदीले भने ५ हजार ९ सय ५६ मत प्राप्त गरेका छन । दाहाल र सुवेदीबीच सुरुदेखि नै […]

मतगणना ढिलो गर्ने निर्वाचन आयोगको चाहना होइनः प्रवक्ता

काठमाडौं, ३ जेठ । निर्वाचन आयोगका प्रवक्ता सालिकग्राम शर्मा पौडेलले अहिलसेम्म २३५ पालिकाको नतिजा प्राप्त भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता पौडेलले भने, “मतगणना धिमा गतिमा भइरहेको कुरा आयोगले नोटिसमा लिएको छ । अहिलेसम्म २३५ पालिकाको मतपरिणाम आएको छ । ६ वटा […]

कांग्रेस मतगणना अपडेट : शशांक अघिअघि, एनपी साउद पछिपछि

काठमाडौं, ३ पुस : नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा शशांक कोइरालाले सर्वाधिक मत पाएका छन् । पछिल्लो विवरण अनुसार उनीसँगै एनपी साउदले दोस्रो नम्बरमा मत पाइरहेका छन् । शेरबहादुर देउवा र शेखर कोइराला दुवै प्यानलमा शशांकलाई राखेका थिए । १५८९ मत गणना हुँदा कोइरालाले सर्वाधिक १३१३ […]