काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार नेपालका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंको अशाेभनीय अभिव्यक्तिप्रति आवश्यक कारबाही गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)सँग माग गरेको छ ।
गत मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलपछि सम्पन्न ‘पोस्ट म्याच कन्फ्रेन्स’ मा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंको प्रस्तुति ‘अत्यन्तै गैरव्यावसायिक, गैरजिम्मेवार...