प्रशिक्षक अल्मुताइरी र उपाध्यक्ष नेम्वाङबीचको विवाद एन्फाले सकेन सुल्झाउन, छानबिनका लागि खेलकुद मन्त्रालयलाई आग्रह

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र पुरुष राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवादबारेका निवेदनमा छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ। दुबैले एक अर्कामाथि छानबिनको माग गर्दै निवेदन दिएका थिए। प्रशिक्षक अल्मुताइरीले केही दिनअघि उपाध्यक्ष नेम्वाङका कारण आफूले राजीनामा दिन…

सम्बन्धित सामग्री

अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक बन्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुने भएका छन् । अफगानिस्तान फुटबल महासंघले बिहीबार सामाजिक सन्जालमार्फत अल्मुताइरी नयाँ मुख्य प्रशिक्षक नियुक्त हुने क्रममा रहेको जनाएको छ । अफगानिस्तानको राष्ट्रिय टोलीका लागि काबुलमा छनोट प्रक्रिया सन्चालन हुनेछ । अफगानिस्तान भन्दा बाहिर रहेका खेलाडीले पनि […]

एन्फालाई अल्मुताइरीको जवाफ -समितिको वैधता माथि नै प्रश्न

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशविरुद्धको अर्को महिना हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीमा कार्यवहाक प्रशिक्षक तोकेपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) को पत्रको जवाफ पठाएका छन् । अल्मुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीच विवाद भएपछि एन्फाले सेनाका पूर्व उपरथी समेत रहेका पूर्व राष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा छानविन समिति गठन […]

अल्मुताइरीले एन्फालाई टेरेनन्

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अटेरी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई मात्र होइन नेपाली खेलकुदका कुनै पनि निकायलाई उनले टेर्दैनन् । कुवेती अल्मुताइरीसँगै जोडिएका विवादमा युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले र एन्फाले अलग अलग छानविन समिति गठन भएको थियो । दुवै छानविनको […]

खेलाडी प्रशिक्षक विवाद : एन्फाले छानबिन समिति गठन गर्ने

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र असन्तुष्ट रहेका १० खेलाडीबीचको  विवादलाई  अखिल नेपाल फुटबल संघ (एन्फा)ले समिति बनाएर छानबिन गर्ने भएको छ । मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई भेटेर छानबिन गर्ने आश्वासन दिएका हुन् । यसअघि खेलाडीले बारम्बार निष्पक्ष छानबिन हुनुपर्ने भन्दै खेलकुद मन्त्री महेश्वर गहतराज, राखेप सदस्य सचिब टंकलाल घिसिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ लगायतलाई पत्र पठाएका थिए । मुख्य प्रशिक्षक तथा व्यवस्थापकहरूले भ

फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् ।युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को विशेष पहलमा गत कात्तिक १ गते बसेको मन्त्रिपरिषद्को बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी […]

फुटबल प्रशिक्षक अल्मुताइरीलाई प्रधानमन्त्री देउवाको सम्मान

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को विशेष पहलमा गत कार्तिक १ गते बसेको मन्त्रीपरिषदको बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता नेपाली फुटबल टोलीका […]

एन्फा विवाद : प्रशिक्षकको बयान लिइयो

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षबीचको  विवाद समाधान समितिले मुख्य प्रशिक्षक र उपाध्यक्षको बयान लिएको छ । विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठिन...

एन्फा विवाद : प्रशिक्षकको बयान लिइयो

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षबीचको  विवाद समाधान समितिले मुख्य प्रशिक्षक र उपाध्यक्षको बयान लिएको छ । विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठिन...

फुटबल प्रशिक्षक र एन्फा उपाध्यक्षबीचको विवाद छानबिन गर्ने जिम्मा मन्त्रालयलाई

काठमाडौं : राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवाद सुल्झाउन एन्फाले खेलकुद मन्त्रालयलाई अनुरोध गरेको छ।शुक्रबार बसेको एन्फाको बैठकले दुवै जनाले दिएको निवेदनका सम्वन्धमा कुनै निर्णय लिन नसकेपछि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हाे।प्रशिक्षकअल्मुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एन्फा कार्यसमितिको आकस्मिक बैठक बसेको थियो। यस्ता छन् बैठकका निर्णय

अल्मुताइरी र नेम्वाङबीचको विवाद समाधान गर्न मन्त्रालय सिफारिस

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीबीचको विवाद समाधानका लागि छानबिन गर्नका युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ। अल्मुताइरीले आइतबार नेम्वाङका कारण आफूले राजीनामा दिने भन्दै फेसबुकमा पोस्ट गरेका थिए। तथापि उनले लिखित राजीनामा दिएका छैनन्। उनले नेम्वाङले आफूविरुद्ध षडयन्त्र गरेको भन्दै छानबिनलाई एन्फामा निवेदन दिएका थिए।