काठमाडौं : बेलायतको ग्लास्गोमा आजदेखि जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२६ सम्मेलन सुरु हुँदैछ।कोप–२६ सम्मेलनका क्रममा हरित गृह ग्यास उत्सर्जन कटौती गर्नेबारे छलफल हुने बताइएको छ। सहभागी देशहरूले सन् २०३० सम्मको आफ्नो कार्बन कटौतीको लक्ष्य सार्वजनिक गर्नुपर्ने भनिएको छ।सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा विज्ञसहितको टोली सहभागी छ। सन् २००९ मा डेनमार्कको कोपनह्यागनमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले कोप १५ सम्मेलनमा भाग लिएप