संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनको प्रभावबारे अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने

काठमाण्डाै - जलवायु परिवर्तनका कारण पृथ्वीमा परेको प्रभावबारे संयुक्त राष्ट्र सङ्घका अनुसन्धानकर्ताहरुले आज महत्त्वपूर्ण अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैछन् । जलवायु परिवर्तनको वैज्ञानिक पक्षका बारेमा अध्ययन गरिएको प्रतिवेदनमा समुद्र, हिउँ तथा स्थल क्षेत्रमा आउँदा दिनको अवस्थाबारे विस्तृत विवरण हुने अपेक्षा छ । सन् २०१३ विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिको अवस्थाका सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक हुन लागेको हो । अनियन्त्रित डढेलो तथा विनाशकारी बाढीका कारण विश्वका विभिन्न देश प्रभावित भइरहेका बेला जलवायु सम्बन्धी महत्...