काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपिपी)बारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्।प्रतिनिधिसभाको बैठकमा सांसदहरूले एसपिपीको विषयमा चर्को रुपमा आवाज उठाएपछि एसपिपीबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्। सरकारलाई रुलिङ गर्दै उनले भने, ‘माननीयहरूले उठाउनु भएको एसपिपी सम्झौताको बारेमा मेरो ध्यानाकर्षण भएको छ। सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनको सन्दर्भमा जानकारी गराउनु हुन नेपाल सरकारलाई नि