काठमाडौं : साफ च्याम्पियनसीप फुटबलमा भोलि आइतबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ।२ खेलमा २ अंक जोडेको भारतका लागि २ खेलमा ६ अंक जोडेको नेपाल जारी प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी बनेको छ। साफ च्याम्पियनसीपको इतिहासमा नेपालले भारतलाई कडा चुनौति दिन सकेको छैन। यो संस्करणमा भने भारतका लागि नेपाल फाइनलमा पुग्न चुनाैतिका रुपमा रहेको छ।साफको सर्वाधिक सफल टिम भारत नेपालको तुलनामा आइतबारको खेलमा बढी दबावमा रहनेछ। आइतबारको खेल भ