सहरी विकासमन्त्रीको जिम्मेवारीबाट बिदा भएकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एक सातापछि मात्रै मन्त्री निवास छाड्ने भएकी छिन् । सामान्यतया: मन्त्री पद गएपछि लगत्तै निवास छाड्ने प्रचलन रहेपनि झाँक्रीले भने हप्ता दिनपछि मात्रै मन्त्री निवास छोडेर आफ्नो घर बानेश्वर जाने भएकी हुन् । एकीकृत समाजवादीबाट राजीनामा दिएका अरु सबै मन्त्रीले मन्त्री निवास छोडेपनि झाँक्रीले नछोडेको भन्दै पार्टीभित्रै आलोचना भएको एक नेताले बताए । ‘पार्टीले राजीनामा माग्ने वित्तिकै झाँक्री लगायत सबै