मन्त्री निवास निर्माणमै अलमल, भैंसेपाटी सार्ने योजना बारम्बार असफल

२९ असोज, काठमाडौं । सरकारी र ठेकेदार कम्पनीहरुको उदाशीनताका कारण ललितपुरको भैंसेपाटी संघीय मन्त्रीहरुको निवासको निर्माणमा चरम ढिलाइ भएको छ । तोकिएको समयभन्दा २ वर्ष ढिला भइसक्दा पनि यो मन्त्री निवासको काम कहिलेसम्म सकिन्छ भन्ने निश्चत छैन । पुल्चोकको मन्त्री निवास साँघुरो र अपर्याप्त भएको भन्दै सरकारले मन्त्रीहरुका लागि भैंसेपाटीका छुट्टै निवास तयार गरिरहेको छ […]