आगामी प्रतिनिधि सभाको निर्वाचन अगावै ललितपुरको पुल्चोकस्थित मन्त्री निवासलाई स्थानान्तरण गरी भैँसेपाटीस्थित नवनिर्मित आधुनिक मन्त्री निवासमा सारिने भएको छ । हाल निर्माणाधीन अवस्थामा रहेको सङ्घीय मन्त्री निवास पूर्णरूपमा तयार हुन भने अझै केही महिना लाग्ने छ ।
निर्माणाधीन निवासमा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, सङ्घीय मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय रहने छ ।
कोरोना महामारीका कारण अहिलेसम्मको निर्माण लक्ष्य पूरा नभए पनि ढिलो हुन गएको समयलाई समेत व्यवस्थापन गर्दै निर्धा...