कर्णाली प्रदेशमा फेरि सत्ता गठबन्धनको नेतृत्वमा सरकार बन्ने देखिएको छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणाम अनुसार बहुमत आउने निश्चित भएसँगै गठबन्धनकै सरकार बन्ने निश्चित देखिएको हो ।प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरी कुल ४० सिटमध्ये नेपाली कांग्रेसले १४ सिट प्राप्त गर्ने देखिएको छ । मतपरिणामअनुसार कांग्रेस र एमालेले समानुपातिकमा ५/५, माओवादीले ४, नेकपा एकीकृत समाजवादीले १ र राप्रपाले १ सिट ल्याउने देखिन्छ । यो आधारमा प्रदेशसभामा कांग्रेसको १४, माओवादीको १३ र एकीकृत समाजवादीको १ सिट हुन्