देश माओवादीको इशारामा चलिरहेको प्रचण्डको दाबी

काठमाडौं, २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश माओवादीको इशारामा चलिरहेको दाबी गरेका छन् । उनले अहिलेको राजनीतिक प्रणाली माओवादीले ल्याएको भन्दै राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिका पनि माओवादीमा रहेको दाबी गरे । आज सुर्खेत विमानस्थलमा पत्रकारहरुको प्रश्नमा उनले देशमा माओवादीको एजेन्डा चलिरहेको तर्क गरे । गठबन्धन बनाउन आफूले […]

सम्बन्धित सामग्री

जनता माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् । स्थानीय तह निर्वाचनको सन्देश जनताले माओवादी पार्टीको हातमा देश सञ्चालनको चाबी दिन चाहेको देखिएको दाहालको भनाइ थियो ।

जनता माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् । स्थानीय तह निर्वाचनको सन्देश जनताले माओवादी पार्टीको हातमा देश सञ्चालनको चाबी दिन चाहेको देखिएको दाहालको भनाइ थियो ।

भरतपुरमा यसरी धर्मरायो गठबन्धनको आत्मविश्वास

सत्तारूढ गठबन्धनले बिहीवार भरतपुरमा आयोजना गरेको आमसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको अभिव्यक्तिले सत्तारूढ गठबन्धनको भविष्य धेरै नभएको लख राजनीतिक वृत्तमा काटिएको छ ।प्रचण्डले गत स्थानीय निर्वाचनलाई स्मरण गर्दै भनेका थिए, 'मैले साँच्ची नै तपाईको अगाडि उभिएर भन्दै गर्दा, रुखवालाले हसियाँ हथौडामा भोट हाल्न धेरै गाह्रो जस्तो देखियो त्यतिबेला । व्यवहारमा आउँदा मैले सहज देखिन । सहज नदेखिएको चितवन नै हो । मधेश पनि हो । त्यसले हामीलाई चिन्तित तुल्याएर एमालेसँग हिंड्न बाध्य भएका हौँ ।'उनले यसपालि पनि त्यस्तै असहज स्थिति देखिए नयाँ फैसला लिने चेतावनीसमेत दिएका थिए । 'रुखवालालाई हँसिया हथौडामा भोट हाल्न गाह्रो भयो भने फैसला लिने त फेरि प्रचण्ड नै हो,' प्रचण्डको भनाइ थियो । गत स्थानीय निर्वाचनमा निकै झिनो अन्तरले प्रचण्डपुत्री रेणु दाहालले देवी ज्ञवालीलाई हराएकी थिइन् । त्यतिबेला भएको गठबन्धनमा कतिपय कांग्रेस मतदाताले हँसिया हथौडामा भोट हालेनन् । प्रचण्डले अहिले पनि त्यस्तै परिस्थिति आयो भने देश दुर्घटनामा पर्ने बताए । प्रचण्डले आफ्नो भाषणमार्फत स्पष्ट पारेका छन् भरतपुरमा कांग्रेसी मतदाताले माओवादीको तर्फबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहाललाई मत नहाले सत्तारूढ गठबन्धनको भविष्य छैन । उनको यो चेतावनीलाई स्थानीय कांग्रेस नेता कार्यकर्ताले मन पराएका छैनन् । भरतपुरमा कांग्रेसकै पुराना नेता जगन्नाथ पौडेलले गठबन्धनको विरुद्धमा उम्मेदवार दिएका छन् । उम्मेदवारी फिर्ता लिन नमानेपछि कांग्रेसले कारवाही गर्यो । आयोगले स्वतन्त्र उम्मेदवारका रूपमा उनलाई भुइँकटहर निर्वाचन चिह्न दिएको छ । प्रचण्ड त्रसित हुनुको प्रमुख कारणमध्ये एक पौडेल पनि हुन् । भरतपुरका कांग्रेस मतदाताले पौडेललाई मत दिने सम्भावनासँग प्रचण्ड त्रसित बनेको उनकै भाषणबाट बुझ्न कठीन छैन । उनले एमालेका केही नेताहरू मिलौं भन्दै आफूसँग आएको पनि खुलासा गरे । 'एमालेका केही नेताहरू मिलौँ भन्न आएका छन्,' प्रचण्डले भने, 'तर गल्ती दोहोर्‍याउँदिन भनेको छु । म जनताको फैसला हेर्न चाहन्छु ।'जगन्नाथ पौडेललाई चितवन कांग्रेसका केही पुराना नेताहरूले साथ दिएका छन् । कांग्रेसकै झण्डा प्रयोग गरेर चुनावी प्रचार प्रसारमा होमिएका पौडेललाई पूर्वजिल्ला सभापतिद्वय कृष्णलाल सापकोटा, टीकाराम न्यौपाने र महासमिति सदस्य मीना खरेललगायतको बलियो साथ छ ।पौडेलले कट्टर कांग्रेसी मतदाताको मत काटे भने एमालेसँग लड्न गठबन्धनलाई हम्मेहम्मे पर्नेछ । २०७४ र २०७९ दुवै स्थानीय तहको निर्वाचनमा हँसिया हथौडामाथि भोट हाल्नुपरेको आक्रोश कांग्रेस मतदाताभित्र देखिएको हो । केन्द्रबाट लादिएको शासन नमान्ने कांग्रेसीहरूको संख्या चितवनमा राम्रै रहेको जानकारहरू बताउँछन् । गत २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मेयर लडेकी रेणु दाहालले ४३ हजार १ सय २७ मत पाएकी थिइन् भने कांग्रेसको तर्फबाट उपमेयर बनेकी पार्वती शाहले ४७ हजार १९७ मत ल्याएकी थिइन् । रेणुले भन्दा पार्वतीले बढी मत ल्याउनुको अर्थ ४ हजार कांग्रेसी मतदाताले आफ्नो उम्मेदवारलाई मत दिए तर माओवादीको उम्मेदवारलाई दिएनन् । त्यतिबेला रुख चिह्नबाट मेयरमा कसैले उम्मेदवारी नदिएको भएपनि ७ हजार मत रुखलाई परेर बदर भएको थियो । २०७४ सालकै आंकडालाई हेर्ने हो भने र यसपाली सबै कांग्रेसी मतदाताले गठबन्धनलाई मत दिने हो भने रेणुको बिजय अहिले पनि सुनिश्चित छ । तर पौडेलले धेरै भोट काट्ने सम्भावना छ । उसो त गठबन्धनले निर्णय गरेर उम्मेदवार उठाएको कतिपय ठाउँमा कांग्रेसको स्थानीय कमिटीले विद्रोह गरेको थियो । पोखरा, बिरगंज, नेपालगंज लगायत कतिपय ठाउँहरूमा स्थानीय कांग्रेस नेता कार्यकर्ताहरूको चर्को असन्तुष्टि देखिएको थियो । प्रचण्ड धर्मराउनुका पछाडि यही असन्तुष्टिले पनि काम गरेको छ । भरतपुरमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा नेता राजेन्द्र श्रेष्ठ सबैले रेणु दाहालले राम्रो काम गरेको बताएका थिए । देउवाले गठबन्धन नभएसम्म कुनै पनि दलले बहुमत ल्याउन नसक्ने राजनीतिक प्रणाली भएकाले नेपालमा गठबन्धनको आवश्यकता रहेको बताउँदै रेणु दाहालले जितिसकेको टिप्पणी गरे ।देउवाले भरतपुरमा गठबन्धन टुटाउन षड्यन्त्र भएको पनि बताए । त्यो षड्यन्त्रमा आफ्ना पार्टीका नेता कार्यकर्ता फँस्न नहुने भन्दै देउवाले भने, 'उहाँले जितिसक्नुभएको छ, हाम्रो पार्टीले सहयोग नगर्नुको विकल्प छैन ।' कांग्रेस शीर्ष नेताहरूमध्ये गठबन्धनको विपक्षमा शेखर कोइराला र गगन थापा देखिएका छन् । दुवैले सार्वजनिक मंचबाट नै गठबन्धनबिना नै कांग्रेसले बहुमत ल्याउन सक्ने दाबी गरिरहेका छन् अहिलेपनि । एकातिर कांग्रेसकै प्रभावशाली नेताहरूको रुझान गठबन्धनतर्फ नहुनु, अर्कोतर्फ भरतपुरमा कट्टर कांग्रेस मतदाताहरूले हँसिया हथौडामा भोट हाल्न नसक्ने बताइरहेको अवस्थालाई लिएर प्रचण्ड त्रसित र चिन्तित छन् । त्यही त्रास र चिन्ता भरतपुरमा उनले सार्वजनिक मंचबाट नै पोखे । प्रचण्डको यो भनाइले गठबन्धन लामो समय टिक्न सक्दैन भन्ने पुष्टि भएको छ । स्थानीय निर्वाचनमा आफूले सोचेअनुरुप मत नआए २०७४ सालमा जस्तै उनी एमालेसँग मिल्ने या अन्य शक्तिहरूलाई जोडेर छुट्टै अघि बढ्ने निर्णय गर्न सक्नेछन् ।

माओवादीले जोड नदिएको भए एमसीसी जस्ताको तस्तै पास हुने थियो : पूर्वमन्त्री दुलाल

बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले माओवादीले जोड नदिएको भए एमसीसी जस्ताको तस्तै पास हुने बताएका छन् ।  उनले एमसीसीमा रहेको केही विवादास्पद बुँदाहरू परिमार्जन गरेर मात्र पास गर्नका लागि माओवादीको नेतृत्वमा व्याख्यात्मक घोषणा तयार पारिएको बताए ।उनले व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएपछि देश दुर्घटनाबाट बचेको समेत दाबी गरे । फटकशिला माध्यमिक विद्यालयको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै दुलालले सामुदायिक विद्यालयमा गुणस्तर भए मात्र विद्यार्

कल्पना धमलाको दाबी ः आज देश माओवादीको विचारमा चलिरहेको छ (भिडिओसहित)

काठमाडौं, १९ मंसिर । नेकपा (माओवादी केन्द्र) की नेतृ कल्पना धमलाले यो देशको वैचारिक नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेको दाबी गरेकी छिन् ।  हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा बोल्दै उनले आजको अवस्थामा देश नेकपा माओवादी केन्द्रको विचारको आधारमा चलिरहेको दाबी गरेकी हुन् । यस्तै, उनले गणतन्त्रलाई संस्थागत गर्ने र […]

सबै खालका परिवर्तन माओवादीकै एजेन्डा हाे : जनार्दन शर्मा

रुकुम पश्चिम – नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरले देश माओवादीकै एजेन्डामा आएको बताउनुभएको छ । नेपाल सरकारका अर्थमन्त्रीसमेत रहनुभएका शर्माले सबै खालका सकारात्मक परिवर्तन माओवादीको एजेन्डा भएकाले परिवर्तनको वाहक पार्टी माओवादीमात्रै भएको दाबी गर्नुभयो ।  अर्थमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रुकुम पश्चिम आउनुभएका शर्माले आज शुक्रवार जिल्लाका विभिन्न पालिकामा आयोजना गरिएका माओवादी केन्द्रका गाउँ तथा नगरपालिकास्तरीय सम्मेलनको उद्घाटन गर्नुहुँ...

देश माओवादीको वरपरि रहेको प्रचण्डको दाबी

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडकबाट विद्रोह गरेर प्रतिनिधिसभा पुनर्स्थापना गराउन सफल भएको बताएका छन्। सोमवार चितवनमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।