संविधानको रक्षा गर्ने जिम्मेवारी माओवादीको : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताउनुभएको छ । गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा उहाँले संविधान निर्माण गर्न माओवादीको ठूलो योगदान रहेकाले यसको रक्षा पनि माओवादीले नै गर्नुपर्ने बताउनुभयो । मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि संरचनागत सुधार गर्न आवश्यक …

सम्बन्धित सामग्री

सत्ता गठबन्धनद्वारा संयुक्त अपिल जारी, अत्यधिक बहुमतले विजयी गराउन आग्रह

सत्ता गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि मतदान गर्न अपिल जारी गरेको छ । गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर रहेको संयुक्त अपिलमा संविधानको भावना अनुरूप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको उल्लेख गरिएको छ । ‘यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरुको गठबन्धनल

निर्वाचन पछि गठबन्धनकै सरकार : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र सम्बृद्धितर्फ केन्द्रित भएको बताएको छ । बुधबार गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको बताएका हुन् ।उनले भने “दिगो विकास, स्थायी शान्ति र समृद्धिसँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मूल दायित्व हो ।  देशभर नै

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताउनुभएको छ । गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा उहाँले संविधान निर्माण गर्न माओवादीको ठूलो योगदान रहेकाले यसको रक्षा पनि माओवादीले नै गर्नुपर्ने बताउनुभयो । मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि संरचनागत सुधार गर्न आवश्यक […]

लोकतन्त्र र संविधानको रक्षा मेरो पहिलो प्राथमिकता : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्। सोमबार चितवनमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको पदभन्दा संविधान, लोकतन्त्र र राष्ट्रको रक्षा...

चुनावमा पाँच दलीय गठबन्धनबीच सहकार्य हुने सहमति (विज्ञप्तिसहित)

आसन्न चुनावमा पाँच दलीय गठबन्धनबीच सहकार्य हुने भएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, जसपाका नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा राष्ट्रियसभा, प्रतिनिधि सभा तथा प्रदेशसभाको आसन्न उपनिर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्यलाई अगाडि बढाउने उल्लेख गरिएको छ । विज्ञप्तिमा राष्ट्रियता, लोकतन्त्रको संवद्र्धन, संविधानको रक्षा र सुशासनको प्रवद्र्धनलाई व...

हिंसालाई सहयोग पुग्नेगरी अभिव्यक्ति दिएको छैनः अध्यक्ष प्रचण्ड

नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्ध आफूहरु आन्दोलित रहेकाले त्यसलाई अन्यथा नलिन आग्रह गर्नुभएको छ । प्रेस संगठन नेपालका आफू निकट पत्रकारहरुको भेलामा आज अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे पनि आफुहरुले त्यसलाई संविधान विघटन गरेको रुपमा लिएको अध्यक्ष प्रचण्डले आरोप लगाउनुभयो । हिंसालाई सहयोग पुग्ने गरी आफूले अभिव्यक्ति नदिएको स्पष्टीकरण दिंदै उहाँले भन्नुभयो, “हामी बन्दुकले होइन, मतपत्रको माध्यमले देश निर्माण गर्ने भनेका छौं ।” आफूले बोलेको कुरा अपभ्रंश हुने गरेको उहाँले टिप्पणी गर्नुभयो । प्रतिनिधिसभा विघटनले राजतन्त्रलाई व्यूँताउने गन्ध दिएको बताउँदै अध्यक्ष प्रचण्डले त्यही कारण आफूहरु सडकमा आएको प्रष्टिकरण दिनुभयो । “देशलाई पुनः निरंकुशतातर्फ धकेल्ने जुन षडयन्त्र भएको छ, यसलाई हर हालतमा रोक्नुपर्छ” उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीको कार्यशैली र व्यवहारले मुलुक संकटमा जाने देखिएको अध्यक्ष प्रचण्डले टिप्पणी गर्नुभयो । यसैगरी सो पक्षका अर्का अध्यक्ष माधवकुमार नेपालले विगतका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) इतिहासको गर्वमा विलिन भइसकेकाले अब व्यूँताउन सम्भव नरहेको बताउनुभयो । परिवर्तन संस्थागत गर्न र संविधानको रक्षा गर्न आफूहरु आन्दोलित भएको पनि नेता नेपालले बताउनुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे पनि आफूहरुले त्यसलाई मान्यता नदिएको उहाँले चर्चा गर्नुभयो ।