काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। गौतमले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर अध्यक्षलाई संवोधन गर्दै पार्टीबाट राजीनामा दिएका हुन्।गौतमका स्वकीय सचिव दिपक टमाटाका अनुसार गौतमले एमालेका सबै पदबाट राजीनामा दिएका छन्। केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएर गौतम फर्किएको टमाटाले जानकारी दिए। २०५४ सालमा नेकपा एमाले विभाजन गरी नेकपा माले पार्टी खोलेका गौतमले २४ वर्षपछि पुनः एमाले छोडेका छन्। गौतम नेकपा विभाजनपछि कुने