जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिका उपाध्यक्ष शम्भु झा पार्टीबाट राजीनामा दिने तयारीमा लागेका छन् । टिकट वितरणमा असन्तुष्ट झा हाल पार्टीमा निष्क्रिय छन् । एक वर्षअघि पनि उनले जसपा मधेश प्रदेश समितिको मुख्य सचिवसहित पार्टीका अन्य सबै जिम्मेवारीबाट राजीनामा दिएका थिए ।त्यसपछि उपाध्यक्षको जिम्मेवारीमा सम्हालिरहेका उनी अहिले पुनः राजीनामा दिने तयारीमा छन् । मधेश प्रदेश समितिको उपाध्यक्ष भएपनि प्रदेशमा टिकट वितरण हुँदा आफूसँग कुनै सल्लाह नगरेको उनको गुनासो छ । ‘प्रदेशमा टिकट वि