प्रधानमन्त्री, मन्त्रीको कार्यभार सम्हालेलगत्तै एउटा निर्णयमा हस्ताक्षर गर्ने चलन छ। सोमबार केपी शर्मा ओली सरकारमा थपिएका ४ मध्ये तीन मन्त्रीले पनि पदभार ग्रहण गर्दै एक/एक निर्णयमा हस्ताक्षर गरे। तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको पदाभार सम्हालेका मातृका यादवले भने त्यो चलन मानेनन्। उनले फाइलको अध्ययन नगरी हस्ताक्षर नगर्ने बताए। मन्त्री यादवले प्रस्तावबारे विस्तृत जानकारी पाएपछिमात्र…