भ्रष्टाचारका जुनसुकै फाइल खाेल्न सरकारलाई ओलीकाे चुनाैती

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका जुनसुकै फाइल खोल्न सरकारलाई चुनौती दिनुभएको छ । आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा अध्यक्ष ओलीले सरकारले यो फाइल र त्यो फाइल खोल्छु भनेर कुरा मात्रै गरेको भन्दै जुनसुकै फाइल खोल्न चुनौती दिनुभएको हो । उहाँले ललिता निवास जग्गा प्रकरणको फाइल खोले पनि बन्द गर्न सरकारलाई निकै गाह्रो परेको बताउनुभयो । सत्ता गठबन्धनका मान्छे परेपछि उनीहरूलाई जोगाउनका लागि सरकारले पसिना छुटाउनु परेको उहाँले टिप्पणी गर्नुभयाे । यो र त्यो फाइल खोल्छु भनेर प्रतिपक्षलाई तर्स...