ग्लोबल आईएमई बैंकको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने ८ प्रस्ताव

ग्लोबल आईएमई बैंक Global IME Bank Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजन सहितको लागि  ३.५ प्रतिशत नगद लाभांश गरि कुल १३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् बैंकको साधारणसभामा पेश हुने प्रस्ताव : (क) सामान्य प्रस्ताबहरु :१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने । २) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गर्ने ।३) यस बैंकको सहायक कम्पनी रलोबल आइएमई क्यापिटल लि.तथा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड समेतको आ.व २०७७/०७८ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated ) वित्तीय विवरण स्वीकृत गर्ने ।४) कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आ.व. २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।५) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०७७/०७८ को मुनाफा समेतबाट चुक्ता पुंजीको ३.५ प्रतिशत नगद लाभांस स्वीकृत गर्ने ।(ख) विशेष प्रस्तावहरु :१) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७७/०७८ को मुनाफा समेतबाट चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर स्वीकृत गर्ने ।२) आ.व. २०७७/०७८ को मुनाफा समेतबाट शेयरधनीहरुलाई बोनश शेयर प्रदान गर्ने प्रस्ताव अनुसार बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोको हदसम्म जारी तथा चुक्ता पुँजी कायम हुने गरी प्रवन्धपत्रको दफा ५(ख) र ५(ग) संशोधन गर्ने ।३) बैंकको पुजी वृद्धिको लागि प्रबन्धपत्र, नियमावली संसोधनको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल/संशोधन /परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन भएमा सोहि अनुरुप आवश्यक कार्य संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बैंक र आईएफसीबीच सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैंगिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार […]

ग्लोबल आईएमई बैंक र राजधानी डेरीबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेड र राजधानी डेरी प्रा.लि. बीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यस समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरी प्रा.लि. का अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गर्नुभएको छ । समझदारीअनुसार ग्लोबल आईएमई बैंक लिमिटेडले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउनेछ । कृषि व्यवसाय गरिरहेका ग्रामीण क्षेत्रका किसानलाई उद्...

ग्लोबल आईएमई बैंक र राजधानी डेरीबीच सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र राजधानी डेरी प्रालिबीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरीका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार, ग्लोबल आईएमई बैंकले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध […]

ग्लोबल आईएमई बैंक र बीओकेले दिए मर्जर स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष निवेदन

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू (बीओके) ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन दिएका छन् । ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन बुझाएका हुन् । कार्यक्रममा दुवै बैंकका सञ्चालक […]

ग्लोबल आईएमई बैंक ‘युरोमनी अवार्ड फर एक्सलेन्स’बाट सम्मानित

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिडेट ‘युरोमनी अवार्ड फर एक्सलेन्स-बेस्ट बैंक नेपाल २०२२” बाट सम्मानित भएको छ । बुधबार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका हुन् । सन् १९९२ मा स्थापित यो अर्वाड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एक मात्र […]

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभिने

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभ्न गाभिनका लागि बिहीबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।समझदारीपत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमान्डुका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।मर्जरपश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आईएमई बीओके हुने र सञ्चालक समितिमा ग्लोबल आईएमई […]

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर गर्न समझदारी

२ असार, काठमाडौं। ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) एक आपसमा गाभिन (मर्जर गर्न) सहमत भएका छन् । बिहीबार बिहान होटल याक एण्ड यतीमा मर्जर सम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति […]

ग्लोबल आईएमई बैंक र ग्याँस बिक्रेता महासंघबीच सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र ग्याँस बिक्रेता महासंघ नेपालबीच सम्झौता भएको छ । सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र ग्याँस बिक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् । उपभोक्ताहरुलाई ग्यास खरिद तथा बिक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रबर्द्धनका लागि यी दुई संस्थाबीच सहकार्य गर्ने […]

ग्लोबल आईएमई बैंक कटारी शाखाको औपचारिक उद्घाटन

ग्लोबल आईएमई बैंक कटारी शाखाको औपचारिक उद्घाटन भएको छ । मंगलबार बैंकमा आयोजित एक कार्यक्रमबीच शाखाकाे औपचारिक उद्घाटन भएकाे हाे ।