अस्पतालमा तत्काल अक्सिजन आपूर्ति गर : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले अस्पतालमा अक्सिजन कमीको समस्या तत्काल सम्बोधन गर्न, कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न र आवश्यकताअनुसार विदेशबाट भए पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न सरकारसँग माग गरेको छ । पार्टीको कोभिड—१९ अनुगमन समितिले देशभरका अस्पतालमा शय्या नपाएर कोरोना उपचारबाट वञ्चित हुनुपरेको र अक्सिजनको अभाव हुन थालेको प्रति सरकारलाई संवेदनशील हुन आग्रह […]

सम्बन्धित सामग्री

भरतपुर अस्पतालमा तरल अक्सिजन उपकरण जडान

चितवन । भरतपुर अस्पतालमा तरल (लिक्विड) अक्सिजन उपकरण जडान गरिएको छ । अस्पतालमा पर्याप्त अक्सिजन आपूर्तिका लागि उपकरण जडान गरिएको हो । अस्पतालका बायो मेडिकल इञ्जिनियर तुलसी खनालका अनुसार २० हजार लिटर क्षमताको उक्त उपकरणले दुई हजार सिलिण्डर बराबरको ग्यास अक्सिजन आपूर्ति गर्दछ । यस उपकरणबाट अस्पतालको सेन्ट्रल सप्लाइमा अक्सिजन जडान गरिँदै छ । यसै […]

अक्सिजन माग्दै युवाहरु मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा

सुर्खेत : कर्णाली प्रदेश अस्पतालका लागि अक्सिजन माग्दै सुर्खेतका युवाहरु धर्नामा बसेका छन्। प्रदेश अस्पतालमा आवश्यक अक्सिजन आपूर्ति नभएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सोमबारदेखि धर्नामा बसेका हुन्। आवश्यकताभन्दा आधा अक्सिजन आपूर्ति भईरहेको अस्पतालमा प्रदेश सरकारले तत्काल अक्सिजन आपूर्तिको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ। अक्सिजन अभावमा कर्णालीका नागरिकको अकालमा…

कोटा प्रणाली हटेपछि अक्सिजन आपूर्ति केही सहज

सिसिएमसीले कोटा प्रणाली तोक्दै अक्सिजन आपूर्ति भद्रगोल बनाउँदा गत साता ठूलो संख्यामा कोरोना संक्रमितले ज्यान गुमाए - कैलालीको टीकापुर अस्पतालमा गत २७ र २८ वैशाखमा अक्सिजन अभावमा १२ जना कोरोना संक्रमितको मृत्यु...

भेरी अस्पतालमा अक्सिजन आपूर्ति सहज हुने

भेरी अस्पताल नेपालगन्जमा दीर्घकालीन रूपमा अक्सिजन संकट समाधानका लागि निकास खोजिने भएको छ । अर्थ मन्त्रालयले अस्पतालमा कोभिडको महामारी नियन्त्रण र उपचारका लागि १५ करोड निकासा दिने निर्णयसँंगै दीर्घकालीन रूपमा अक्सिजन समस्या समाधानका लागि उपाय खोज्ने बाटो अघि बढेको हो ।पछिल्लो समय अस्पतालमा अत्यधिक मात्रामा अक्सिजनको खपत बढेपछि अक्सिजन टान्सपोर्ट सिस्टमले नधान्ने हुँदा लिक्विड अक्सिजन […]

बेनी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

म्याग्दी : बेनी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन आएपछि अक्सिजन आपूर्तिमा सहज भएको छ। आवश्यक अक्सिजन उत्पादनपछि म्याग्दी जिल्ला आत्मनिर्भर बनेको हो।अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले उपचारका लागि आउने र घरमै अक्सिजन लगाउनुपर्ने बिरामीका लागि पर्याप्त अक्सिजन व्यवस्था गरिएको बताए। ‘अस्पतालको सबै शय्यामा प्लान्टबाट सिधैँ पाइपबाट अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘आइसोलेसन कक्षमा पनि पाइपबाट सिधैँ अक्सिजन आपूर्ति गर्ने संरचना तयार पार्दैछौं। सिलिण्डर पनि त

अस्पतालमा तत्काल अक्सिजन आपूर्ति गर : कांग्रेस

वैशाख २५, काठमाडौं । नेपाली कांग्रेसले अस्पतालमा अक्सिजन कमीको समस्या तत्काल सम्बोधन गर्न, कृत्रिम अभाव सृजना गर्नेलाई कार्वाही गर्न र आवश्यकतानुसार विदेशबाट भए पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न सरकारसँग माग गरेको छ । पार्टीको कोभिड—१९ अनुगमन समितिले देशभरका अस्पतालमा शय्या नपाएर कोरोना उपचारबाट वञ्चित हुनुपरेको र अक्सिजनको अभाव हुन थालेकोप्रति सरकारलाई संवेदनशील हुन आग्रह गरेको छ ।        कांग्रेस सहमहामन्त्री एवं समिति संयोजक डा प्रकाशशरण महतले आवश्यकतानुसार देशका विभिन्न ठाउँमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न सरकारसँग माग गरेका छन् । रासस

महाकाली अस्पतालमा अक्सिजन आपूर्ति सहज बनाउन जुटे सहकारी

कञ्चनपुर : महेन्द्रनगरस्थित महाकाली अस्पतालमा अक्सिजन आपूर्ति सहज बनाउन सहकारी संस्थाहरूले सहयोग गर्न थालेका छन्‌। पाँचवटा सहकारी संस्थाहरूले पाँच लाख ५७ हजार एक सय ११ रुपैयाँ रकम अस्पताललाई सहयोग गरेका हुन्‌। उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले एक लाख ५० हजार, मेघा ऋण तथा बचत सहकारी संस्थाले एक लाख ५० हजार, साना किसान सहकारी संस्था सुडाले एक लाख ५५ हजार, महिला किसान सहकारी संस्था झलारीबाट ५५ हजार, निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले ५१ हजार एक सय ११ र देवशक्

संक्रमित ह्वात्तै बढेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव

कोरोना भाइरस संक्रमित बिरामीको चाप बढेपछि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव भएको छ । बिरामीको चाप अत्याधिक र अक्सिजन आपूर्ति पुरानै अवस्थामा हुँदा अभाव खड्किएको हो ।   लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले अस्पतालमा केही घण्टाका लागि मात्र अक्सिजन मौज्दात रहेको र तत्काल थप अक्सिजन आइनपुगे उपचार प्रभावित हुने बताए । ‘अस्पतालमा अहिले दैनिक २०० सिलिण्डरको माग छ । आपूर्ति दैनिक ८०–१०० सिलिण्डर मात्र छ । त्यसैले गर्दा अभाव खड्कियो अब । आपूर्ति नबढाउने हो भ...

भारत : अस्पतालमा अक्सिजन ट्यांकर लीक हुँदा २२ जनाको मृत्यु

भारतको महाराष्ट्रमा रहेको नासिकमा एक अस्पतालमा अक्सिजन ट्यांकर लीक हुँदा २२ जना कोरोनारोगीको मृत्यु भएको छ ।  घटनाका कारण आधा घन्टा जति रोगीहरूको अक्सिजन आपूर्ति ठप्प भएको थियो ।  घटना जाकिर हुसेन म्युनिसिपल अस्पतालमा बुधवार भएको हो ।  मर्ने रोगीहरू भेन्टिलेटरमा थिए र उनीहरूलाई निरन्तर अक्सिजन आपूर्ति आवश्यक थियो । जाकिर हुसेन अस्पताल कोभिड अस्पताल हो । त्यहाँ लगभग १५० रोगीहरू अक्सिजनमा निर्भर वा भेन्टिलेटरमा बसिरहेका थिए ।  घटनाको तस्वीरमा ग्यास अस्पताल बाहिर ट्यांकरबाट चुहिरहेको र घना क...