बेनी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

म्याग्दी : बेनी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन आएपछि अक्सिजन आपूर्तिमा सहज भएको छ। आवश्यक अक्सिजन उत्पादनपछि म्याग्दी जिल्ला आत्मनिर्भर बनेको हो।अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले उपचारका लागि आउने र घरमै अक्सिजन लगाउनुपर्ने बिरामीका लागि पर्याप्त अक्सिजन व्यवस्था गरिएको बताए। ‘अस्पतालको सबै शय्यामा प्लान्टबाट सिधैँ पाइपबाट अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘आइसोलेसन कक्षमा पनि पाइपबाट सिधैँ अक्सिजन आपूर्ति गर्ने संरचना तयार पार्दैछौं। सिलिण्डर पनि त