अक्सिजन माग्दै युवाहरु मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा

सुर्खेत : कर्णाली प्रदेश अस्पतालका लागि अक्सिजन माग्दै सुर्खेतका युवाहरु धर्नामा बसेका छन्। प्रदेश अस्पतालमा आवश्यक अक्सिजन आपूर्ति नभएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सोमबारदेखि धर्नामा बसेका हुन्। आवश्यकताभन्दा आधा अक्सिजन आपूर्ति भईरहेको अस्पतालमा प्रदेश सरकारले तत्काल अक्सिजन आपूर्तिको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ। अक्सिजन अभावमा कर्णालीका नागरिकको अकालमा…

सम्बन्धित सामग्री

निजामती कर्मचारी धर्नामा

गण्डकी प्रदेशमा स्थानीय तहका निजामती कर्मचारीकाे वृत्तिपथ सुनिश्चितताकाे लागि लागि भन्दै यहाँका कर्मचारीहरु विरोधमा उत्रेका छन् । उनीहरु आज मुख्यमन्त्री कार्यालय पाेखरामा धर्ना बसेका हुन् । उनीहरुले प्लेकार्डमा विभिन्न नारासहित मुख्यमन्त्री तथा मन्त्री परिषद्काे कार्यालय घेराउ गरिहरहेका छन् ।

सहमति कार्यान्वयन नहुँदा बादी समुदाय निराश

कर्णाली- गत फागुनमा कर्णालीका विभिन्न जिल्लाका बादी समुदाय सुर्खेत आई मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्नामा बसे । खेतीयोग्य जमिन र जीविकोपार्जनलगायतका मागसहित आन्दोलित यो समुदायसँग प्रदेश सरकारले पाँच बुँदे सहमति गरेको आठ महिना बित्नै लाग्यो । अझै उक्त सहमति कार्यान्वयन भएको छैन । बादी अगुवाहरूले प्रदेश सरकारले आफूहरुका माग पूरा गर्न बेवास्ता गरेको भन्दै […]

सहमति कार्यान्वयन नहुँदा बादी समुदाय निराश

गत फागुनमा कर्णालीका विभिन्न जिल्लाका बादी समुदाय सुर्खेत आई मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्नामा बसे । खेतीयोग्य जमिन र जीविकोपार्जनलगायतका मागसहित आन्दोलित यो समुदायसँग प्रदेश सरकारले पाँच बुँदे सहमति गरेको आठ महिना बित्नै लाग्यो । अझै उक्त सहमति कार्यान्वयन भएको छैन ।बादी अगुवाहरूले प्रदेश सरकारले आफूहरुका माग पूरा गर्न बेवास्ता गरेको भन्दै निराश भएका छन् । दैलेख तल्लो डुङ्गेश्वरका हिक्मत बादीले सरकारले लिखित प्रतिबद्धता जनाएपछि आफूहरुले उक्त आन्दोलन स्थगन गरेको बताए । सहमतिमा प्रदेश सर

निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा सावित्री

काठमाडौं, भदौ १ । सामाजिक अभियान्ता सावित्री सुवेदीले निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा एकल प्रर्दशनमा उत्रिएकी छन् । मंगलबार उनले धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रर्दशन गरेकी हुन्। बलात्कारीलाई फाँसी दे, निर्मलालाई न्याय दे, मेरो शरीर मेरो अधिकार,’ भन्दै उनले एक्लै मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेकी हुन्।

‘सरकारलाई राजश्व तिर्छौं यौन पेशाको स्वीकृति देऊ’

धनगढी : आइतबार केही महिलाहरु सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीस्थित प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय अगाडि जम्मा भए।महिलाहरुले मुल गेटमै धर्ना सुरु गरे। उनीहरु बादी समुदायका महिला हुन्। धर्नामा एउटा आवाज गुञ्जियो,‘सरकारलाई राजश्व तिर्न तयार छौ। तर यौन पेशाको विकल्प नभए लाइसेन्स दिएरै स्वीकृति दिनुपर्छ’ यो आवाज थियो डोटीकी वसन्ती बादीको। आफ्ना लागि सरकार नभएको गुनासो गर्दै उनले सरकारलाई राजश्व तिर्ने तर यौन पेशाको लाइसेन्स दिनुपर्ने बताइन्।  प्रदेश सरकारलाई ज्ञापन

अक्सिजनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

जेठ ११, वीरेन्द्रनगर । कर्णाली प्रदेशका अस्पतालहरूमा मेडिकल अक्सिजनको अभाव भएपछि आपूर्तिका लागि दबाब दिन युवाहरूको समूहले धर्ना दिएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सोमवार युवाहरूको समूहले धर्ना दिएको हो । अस्पतालहरूमा पर्याप्त अक्सिजनको व्यवस्था गर्न माग गर्दै युवाको समूह मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका हुन् । अहिले कोरोना संक्रमितको उपचारको लागि मुख्य समस्या अक्सिजनको रहेको र त्यसतर्फ सरकार जिम्मेवार नबनेको उनीहरूले बताएका छन् । मोटे ग्याङ नेपालको संयोजनमा भएको धर्ना कार्यक्रममा सरकारले तत्काल दैनिक २५० ओटा सिलिण्डर अक्सिजन व्यवस्थापन गर्न माग गरिएको छ । मोटे ग्याङका सदस्य अनिल ढकालले अक्सिजन व्यवस्थापनमा प्रदेश सरकारको लापरवाही देखिएपछि दबाब स्वरूप धर्ना दिएको बताए ।  ‘अहिले नेपालगञ्जबाट सहजै रूपमा अक्सिजन भरेर ल्याउन सकिन्छ । तर, यहाँ अक्सिजन सिलिण्डरको समेत कमी देखियो । यसमा सरकारको ध्यानाकर्षण गर्न धर्ना दिएका हौं,’ ढकालले भने । सरकारको ध्यान स्वास्थ्य सामग्री र औषधी उपचारमा केन्द्रित हुनु पर्नेमा त्यसतर्फ गम्भीर नबनेको उनको आरोप छ । युवाहरूको समूहले यस विषयमा सोमवार नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग अक्सिजन व्यवस्थापनका लागि सरकार र स्वयंसेवक समूहले संयुक्त प्रयास गर्ने समझदारी भएको बताएको छ ।  ‘धर्नासँगै मुख्यमन्त्रीसँग पनि हाम्रो छलफल भयो,’ ढकालले भने, ‘मन्त्रिपरिषद्को बैठक पनि बस्दै रहेछ । केही निर्णय होला । अब व्यवस्थापनमा सहज हुन्छ भन्ने अपेक्षा लिएका छौं ।’ उनले बाहिर जिल्लाका मानिसहरू सुर्खेतका उपचारको क्रममा मृत्यु हुँदा शव व्यवस्थापनमा समस्या देखिएकाले यसबारे पनि मुख्यमन्त्रीलाई जानकारी गराएको बताए ।

बास माग्दै धर्नामा बादी

दैलेख चामुण्डाकी ७० वर्षीया इन्द्रसरा बादी सुर्खेत झरेको दुई साता बित्यो । समुदायका अन्य व्यक्तिसँगै उनी सरकारसँग खेती गर्ने जग्गा माग्न दुई दिन पैदल हिँडेर फागुन १० गते सुर्खेत आएकी हुन् । वीरेन्द्रनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडिको खुला चौरमा कष्टपूर्ण बसाइ लम्बिँदै जाँदा उनको ज्यान पनि शिथिल हुँदै गएको छ । शनिबार दिउँसो कान्तिपुरसँग उनले भनिन्, ‘मुन्टो (टाउको) लुकाउने बास पाइन्छ कि भनेर यता आएका थियौं, यस्तै भए त कसरी बाँचिएला र ?’

बादी समुदाय र प्रहरीबीच झडप

कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि एक सातादेखि धर्नामा बसेका बादी समुदाय र प्रहरीबीच झडप भएको छ । माग पूरा गराउन नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय छिर्न खोजेपछि बादी समुदाय र प्रहरीबीच झडप...

जग्गा माग्दै मुख्यमन्त्री कार्यालय अगाडि वादी समुदायको धर्ना

११ फागुन, सुर्खेत । कर्णालीका वादी समुदाय व्यवस्थित बसोबासको माग गदै मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन् । खेती गर्न स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै उनीहरु धर्नामा बसेका हुन् । कालिकोट …