नेकपा एमालेको विरोधका कारण बागमती प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । बुधबार बोलाएको बैठकमा एमाले सांसदहरुले भागबण्डा मिलाउन ८ बाट १४ वटा मन्त्रालय बनाएर प्रदेशकै बदनाम गरेको भन्दै सरकारको विरोध गरेका थिए । बैठकमा बोल्दै पूर्व मुख्यमन्त्री समेत रहेका डोरमणि पौडेलले पार्टीका तर्फबाट धारणा राख्दै वर्तमान सरकारले अनावश्यक रुपमा मन्त्रालय फुटाएर आठबाट १४ पुर्याएकोमा आपत्ति जनाए । साथै उनले अघिल्लो सरकारले ल्याएको महत्त्वपूर्ण योजनाहरु कटौति गरेकोमा पनि सरकारको विरोध गरे ।