काठमाडौं : चैत ६ गते यता भारतबाट विभिन्न नाका हुदै नेपाल प्रवेश गरेका ६८ जनामा एन्टिजेन परिक्षण पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार जमुनाहा नाका एन्टिजेन परिक्षणमा ४ जनामा , त्रिनगर हेल्थ डेक्स कन्चनपुरमा ५८ जना, गठ्ठा चौकी कन्चनपुर हेल्थ डेक्समा ५ जना र बेलहैया हेल्थ डेक्समा गरिएको एन्टिजेन परिक्षणमा १ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। पछिल्लो समय भारतमा संक्रमण दर पुन बढ्दै जादा सरकारले भारतबाट आउने नागरिकलाई सिमा नाकामै एन्टिजेन