काठमाण्डाै – उपत्यकाबाहिरबाट काठमाण्डौ जिल्ला प्रवेश गर्नुअघि एन्टिजेन परीक्षण अनिवार्य भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति काठमाण्डौको बैठकले काठमाण्डौ जिल्ला प्रवेश गर्ने नाकाहरूमा एन्टिजेन परीक्षण गर्ने र पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने निर्णय गरेको काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिनुभयो ।एन्टिजेनमा नेगेटिभ आएको तर कोरोनाको लक्षण भएका व्यक्तिको पीसीआर परीक्षणका लागि नमुना सङ्कलन गर्ने पनि बैठकले निर्णय गरेकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी भट्टका अनुसार काठमा...