स्वास्थ्य सेवा विभागले कोरोनाभाइरस (कोभिड–१९) परीक्षण गर्दा पोजेटिभ देखिएका नमुनालाई सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिएको छ । सोमबार सूचना जारी गर्दै विभागले विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्दा एन्टिजेन परीक्षणमा देखिने पोजेटिभ नमुनालाई जीन सिक्वेन्सिङका लागि पठाउन अनुरोध गरेको हो ।दक्षिण अफ्रिकासँगै केही देशमा कोरोना भाइरसको ‘ओमिक्रोन’ नयाँ भेरियन्ट देखिएकाले सजगता अपनाउन विभागका महानिर्देशक डा. दीपेन्द्ररण सिंहले पोजेटिभ आएका नम