१६ वैशाख, बुटवल । रुपन्देहीको बेलहिया नाकामा भारतबाट नेपाल फर्किएका काठमाडौंका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बेलहिया हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा काठमाडौंका २३ बर्षीय पुरुषमा पोजेटिभ देखिएको बेलहिया हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी लालमणि चौधरीले जानकारी दिए । गत चैत ५ यता कोरोना पोजेटिभ केस देखिएको यो पहिलो भएको चौधरीले बताए । […]