न्युयोर्क-अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक कोभिड परीक्षण भएको छ । पुनः कोभिड देखिएपछि परीक्षणका लागि उनी आइसोलनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् । ७९ वर्षीय बाइडेनले ‘शनिबार बिहान एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिएको छ’, राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले एउटा ज्ञापनपत्रमा लेखेका छन् ।