स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षणबाट कोरोनाभाइरस (कोभिड—१९) पुष्टि भएकाहरुलाई उपचार गर्न निर्देशन दिएको छ । एन्टिजेन परीक्षणबाट पोजेटिभ नतिजा आएकालाई अरु संक्रमित सरह स्वास्थ्य उपचार गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले आइतवार आग्रह गरे ।निर्देशिकामा एन्टिजेन परीक्षणमार्फत पोजेटिभ नतिजा आउनेलाई संक्रमित मानिने उल्लेख गरिएको छ । एन्टिजेन परीक्षण गर्दा पोजेटिभ नतिजा आएका व्यक्तिलाई संक्रमित मानी अनुसन्धान र उपचार गर्न समेत निर्देशन