पार्टीको नेतृत्व परिवर्तन गर्ने पक्षमा रहेको भने पनि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले त्यसका लागि साझा उम्मेदवार तय गर्न सकेका छैनन् । महाधिवेशनको मिति नजिकिँदै गर्दा साझा उम्मेदवारी चयनको विषय झन्–झन् पेचिलो बन्दै गएको छ । सभापतिका लागि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाको दाबी छ ।