रुसको विदेशी र सुरक्षा मामिला परिषद्का सदस्य दिमित्री सुसलोभले भने, ‘रुसलाई परमाणु हतियार प्रयोगको खतरा छ । तर, युक्रेनविरुद्ध नभएर पश्चिमी देशविरुद्ध ।’
रुस–युक्रेन लडाइँ परमाणु युद्धतर्फ जानसक्ने आशंका व्यक्त गरिएको छ । मिडिया रिपोर्टका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई परमाणु युद्ध अभ्यासका लागि आदेश दिएका छन् । सुरक्षाका लागि उनले आफ्नो परिवारलाई साइबेरिया पठाइसकेका छन् ।हालै मात्र रुसले किन्झल हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको थियो । यो क्षेप्यास्त्र परमाणु र परम्परागत दुवै किसिमका हतियार बोक्न सक्थ्यो । २००० किलोमिटर मारक क्षमताको यो क्षेप्यास्त्र परमाणु बम पनि प्रहार गर्न सक्षम रहेको छ ।परमाणु युद्धको अभ्यास
एजेन्सी, ६ चैत्र । रुस र युक्रेनबीचको युद्ध लम्बिदै जाँदा नयाँ संकटको खतरा बढेको छ । रुसले युक्रेनविरुद्ध खतरनाक हतियार प्रयोग गर्न थालेको छ । यो परमाणु बमको प्रयोगको संकेत पनि हो । रुसले ४ चैत्रमा पहिलोपटक किन्जाल हाइपसोनिक मिसाइलको प्रयोग गरेको छ । युद्धक विमानबाट प्रहार गरिएको मिसाइल परमाणु बम बोक्नसक्ने खालको हो । […]
एजेन्सी– रुस–युक्रेन युद्ध गम्भीर मोडमा अगाडि बढेको छ । रुसले युक्रेनका परमाणु केन्द्रमा कब्जा जमाएकोप्रति पश्चिमा राष्ट्रले गम्भीर रुपमा लिएका छन् । रुसले आक्रमणको क्रममा युक्रेनको परमाणु केन्द्र कब्जा गरेपछि पश्चिमा राष्ट्र आक्रोशित बनेका हुन् । रुसले युक्रेनमाथि आक्रमण थालेको नवौँ दिन शुक्रवार त्यहाँको एक परमाणु ऊर्जा केन्द्र कब्जा गरेको हो । युक्रेनमा रहेको युरोपकै […]
युक्रेनमा जारी संकटकाबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई आफ्नो प्रतिरोधी शक्तिलाई विशेष सतर्कतामा राख्ने निर्देशन दिएका छन् । जसमा परमाणु हतियार पनि समावेश छ । पुटिनले आफ्नो रक्षा प्रमुखलाई यसो गर्नु जरुरी रहेको पनि बताएका छन् । उनको यो घोषणाको अर्थ रुस परमाणु हतियार प्रयोग चाहने नै नभएपनि उसको यो घोषणाले विश्वमा परमाणु हतियारको चर्चा सुरु भएको छ ।शीत युद्धको अवधिपछि परमाणु हतियारको भण्डारमा धेरै कमी आइसकेको छ । तर, अझै पनि विश्वमा सयौँ परमाणु हतियार छन्, जसलाई अत्यन्त कम समयभित्र प्र
मस्काे – अमेरिका, बेलायत, चीन, रुस र फ्रान्सले परमाणु हतियारको विस्तार र परमाणु युद्धको सम्भावना अन्त्य गर्नेबारेमा सहमति जनाएका छन् ।
सोमवार रुसको तर्फबाट जारी गरिएको पाँच देशको साझा विज्ञप्तिमा परमाणु हतियारको विस्तार र दुई परमाणु हतियार भएका देश युद्धको स्थितिबाट बच्नुपर्ने भनिएको बीबीसीले लेखेको छ ।
यी पाँच देश संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । परमाणु शक्तिबीच युद्धबाट बच्न र रणनीतिक जोखिम कम गर्न आफूहरूको प्राथमिक जिम्मेवारी भएको यी देशले मानेका छन् ।
साझा विज्ञप्तिमा भनिएको छ...
वासिङ्टन– यो अक्टुबर १९६२ को कुरा हो, संसार परमाणु युद्धको अवस्थमा पुगेको थियो । १४ अक्टुबरमा एक अमेरिकी जासुसले क्यूबामा सोभियत संघ (रुस)ले परमाणु हतियार तैनाथ गरिएको पत्ता लगाए । जुन स्थानमा ती परमाणु मिसाइल तैनाथ गरिएको थियो, त्यो अमेरिकाको फ्लोरिडा तटबाट मात्र १५० किलोमिटरको दूरीमा थियो । अमेरिकाको आँखा अगाडि सोभियत संघले परमाणु मिसाइलको […]
एजेन्सी।परमाणु हतियारमाथि निगरानी राख्दै आएको अन्तर्राष्ट्रिय संस्था सिपरीको अध्ययनले विश्वमा परमाणु बमको संख्या घटेको देखाएको छ। यो वर्ष चीन,रुस,अमेरिका,बेलायत, फ्रान्स,भारत,पाकिस्तान,इजरायल र उत्तर कोरियासँग १३ हजार ८० वटा परमाणु बम छन्। सन् २०२० विश्वमा परमाणु बमको संख्या १३ हजार ४०० रहेको थियो। परमाणु बमको संख्या घटे पनि तत्काल प्रयोग सकिने गरी तयारी अवस्थमा राखिएका परमाणु हतियारको संख्या भने बढेको छ।

एजेन्सी। गत वर्ष चीनले ३० र पाकिस्तानले पाँच नयाँ परमाणु बम बनाए। २०२० को तुलनामा २०२१ मा यस्ता बम निर्माणको संख्या घटे पनि तत्कालै प्रयोग गर्ने परमाणु बम भने अत्यन्तै धेरै बन्यो। परमाणु हतियार सम्पन्न अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियासँग कुल १३,०८० परमाणु बम थुपारेर राखेको सिप्री(परमाणु हतियार निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था)ले बताएको छ।