अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी नयाँ सम्झौता ओकसको उत्तर कोरियाले निन्दा गरेको छ। सो सम्झौताले परमाणु हतियारको होडबाजी सुरु हुन सक्ने चेतावनी उत्तर कोरियाले दिएको हो। उत्तर कोरियाका एक परराष्ट्र अधिकारीले ओकस सम्झौताले एसिया–प्रशान्त क्षेत्रको रणनीतिक सन्तुलनलाई बिगार्न सक्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सम्झौताको चीनले यसअघि नै आलोचना गरेको थियो। अहिले […]