काठमाण्डाै - आज निमोनियाविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष नोभेम्बर १२ तारिखमा विश्व निमोनियाविरुद्धको दिवस मनाउने गरिन्छ । विश्वमा कोरोना महामारी, डेङ्गीलगायतका सङ्क्रामक रोगमा निमोनिया मुख्य लक्षण मानिएको छ।
निमोनिया विभिन्न प्रकारका जीवाणुहरूको सङ्क्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो । ब्याक्टेरिया र भाइरलबाहेक अरू कारणले पनि निमोनिया हुनसक्छ । निमोनियाले धेरैजसो पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धालाई सताउने गरेको छ।
निमोनियाको रोकथाम र उपचारमा विशेष ध्यान पुर्याउन विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आग्रह...