एमाले नेता गौतमको नजरमा एमाले र यसका नेतृत्वलाई पाँच चुनौती

काठमाडौं। एमाले नेता राजेन्द्र गौतमले पार्टी नेतृत्वलाई परिवर्तित परिस्थितिको गहन विश्लेषण गरेर अगाडि बढ्न सुझाव दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै नेता गौतमले भने,“एमाले र यसका नेतृत्वलाई प्रतिकुल राष्ट्रिय परिस्थिति, संसदीय राजनीतिक चुनौतीका अजङका पहाड, पार्टीभित्रको गुटगत अराजकता, सर्वोच्च अदालतका श्रंखलाबद्ध राजनीतिक निर्णय र विपक्षी गठबन्धनको चौतर्फी हमला मुख्य चुनौती देखिएको छ। चेतना भया।”

सम्बन्धित सामग्री

एमाले नेता कार्कीलाई कोशीका मुख्यमन्त्रीको चुनौती : मुख्यमन्त्री भएर देखाऊ

‘प्रदेशसभाबाट विश्वासको मत पाई पद सम्हालेको अवस्थामा अविश्वासको प्रस्ताव पारित गरेमा बाहेक म पदमुक्त हुनुपर्ने अवस्था छैन,’ उनले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै भनेका छन्, ‘त्यस अनुसार संख्यात्मक पकड र ल्याकत आफूमा छ भन्ने विपक्षी (एमाले संसदीय दलको नेता) हिक्मत कार्की)ले देखाउन सक्नुभएको छैन ।'

राष्ट्रपतिमा अरुको मत तान्न सक्ने व्यक्ति खोजी गरेका हौंः एमाले नेता

काठमाडौं, ११ फागुन । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसलाई मिलेर देखाउन चुनौती दिएका छन् । ‘त्यस्तो गठबन्धन बन्छ भने बनोस् न । हामीले पुस १० गते अघि पनि गठबन्धनको सरकार चलाउन छुट दिएकै हौं नि । प्रचण्ड पुरानो गठबन्धन छाडेर हामीसँग के कारणले मिल्न आउनुभएको थियो […]

मकवानपुर–२ : विरोध खतिवडासामु आफैले बनाएको एमालेको गढ भत्काउनुपर्ने चुनौती

प्रतिनिधिसभा अन्तर्गत मकवानपुरको २ वटा चुनावी क्षेत्रमा ‘ब्याक टु ब्याक’ जित्दै आएको एमालेले सिङ्गो मकवानपुरलाई आफ्नो गढ मान्ने गरेको छ । त्यसमाथि पनि मकवानपुर–२ मा आफ्नो बढी प्रभाव रहेको एमाले नेता–कार्यकर्ता बताउँछन् । हुन पनि यो क्षेत्रमा २०४८ पछिका हरेक चुनावमा एमाले अजेय रहँदै आएको छ ।सो क्षेत्रमा एमालेलाई स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता हुन् विरोध खतिवडा । खतिवडाले सो क्षेत्रबाट एमालेलाई ४ पटकसम्म चुनाव जिताइसकेका छन् । चुनावी खेलाडीका चिनिने खतिव

‘एउटै चुनाव चिन्हबाटै निर्वाचन लड्न गठबन्धनलाई चुनौती दिन्छु’

काठमाडौँ- एमाले नेता गोकुल बास्कोटाले एउटै चूनाव चिन्हबाटै निर्वाचन लड्न गठबन्धनलाई चूनौति दिएका छन् । आइतबार संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो चूनौति दिएका हुन्। उनले गठबन्धनको काम देश बनाउने नभइ एमालेलाई बिगार्ने मात्र रहेको बताए। नेता बास्कोटाले एमाले सरकारले गरेको कामलाई लिएर जनतामाझ जाने बताए। उनले मुलुकलाई अघि बढाउन एमालेको एक बहुमत आवश्यक […]

भिम रावलको सरकारलाई चुनौती: एमसीसीको विरोधमा म बोलेँ पक्राउ गर

काठमाडौं। नेकपा(एमाले)का उपाध्यक्ष भिम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन्। शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफलमा उनले एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउन पनि नेता, कार्यकर्ताहरुलाई आह्वान समेत गरे । उनले एमसीसीको विरुद्धमा बोलेको र सक्ने भए पक्रेर देखाउनसमेत चुनौति दिए ।

देउवाले दिए महेश बस्नेतलाई यस्तो चुनौती

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई हराएर देखाउन एमाले नेता महेश बस्नेतलाई चुनौति दिएका छन् । शुक्रबार बिहान नेता बस्नेतको निर्वाचन क्षेत्रमा पर्ने भक्तपुरको कटुन्जेमा पार्टीका वडा अधिवेशनमा उद्घाटन गर्दै देउवाले भक्तपुरका आफना पार्टीका जिल्ला सभापति दुलर्भ थापालाई आगामी निर्वाचनमा हराएर देखाउन चुनौति दिएका हुन्। उनले भने, ‘बस्नेतजीले मलाई हराउनु पर्दैन । भक्तपुरका पार्टी सभापति दुलर्भ थापालाई हराए हुन्छ । पार्टीका सबै साथीहरुलाई आग्रह गर्न चाहन्छु–आगामी न...

महेश बस्नेतलाई देउवाको चुनौती : ‘दुर्लभ थापालाई चुनावमा हराएर देखाउनुस्’

भक्तपुर – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापति दुर्लभ थापालाई चुनावमा हराएर देखाउन नेकपा एमालेका नेता महेश बस्नेतलाई चुनाैती दिनुभएकाे छ ।  यसअघि एमाले नेता बस्नेतले प्रधानमन्त्री देउवालाई भक्तपुरबाट चुनाव लडेर देखाउन चुनाैती देखाउनुभएकाे थियाे । त्यसकै जवाफमा आज भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जेमा आयोजित वडा अधिवेशनको शुक्रवार उद्घाटन गर्दै देउवाले जिल्ला सभापति दुलर्भ थापालाई चुनावमा हराएर देखाउन नेता बस्नेतलाई चुनौती दिनुभएकाे हाे ।  ...

महेश बस्नेतलाई देउवाको चुनौती- पहिले दुर्लभ थापालाई हराएर देखाउनुहोस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले नेता महेश बस्नेतलाई पहिले दुर्लभ थापालाई हराएर देखाउन चुनौती दिएका छन् ।  ‘महेश बस्नेतजीले मलाई जित्छु भन्नु भएछ, पहिले दुर्लभ थापालाई हराएर देखाउनुहोस्,’ उनले भने, ‘त्यसपछि त म छँदैछु त ।’ देउवाले आज भक्तपुर पुगेर पार्टी वडा अधिवेशनको उद्घाटन गरेका छन् ।  सूर्यविनायक नगरपालिका–५ को वडा अधिवेशन उद्घाटन गर्दै भक्तपुरमा कांग्रेस मजबुत रहेको बताए ।

महेश बस्नेतलाई देउवाको चुनौती- मलाई होइन दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्

काँग्रेस सभापति तथा प्रधानमन्त्री  शेरबहादुर देउवाले आगामी चुनावमा काँग्रेसको उपस्थिति बलियो रहने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन समारोहमा बोल्दै देउवाले भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको पनि बताए । केही अघि एमाले नेता महेश बस्नेतले भक्तपुरमा शेरबहादुर देउवालाई चुनावमा उठाए आफू लड्न तयार रहेको बताएको प्रति लक्षित गर्दै देउवाले भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौति दिए ।  भदौ पहिलो साता बस्नेतले भक्तपुरमा कांग

काठमाडौँमा माधव नेपाल पक्षीय अखिल फोर्सको शक्ति प्रदर्शन

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गठन गरेको अखिल फोर्सको राष्ट्रिय भेला शनिबार शुरु भएको छ । एमालेकै केपी शर्मा ओली पक्षले युथ फोर्स ब्यूँताएपछि त्यसलाई चुनौती दिन गठन गरिएको अखिल फोर्सले शनिबार दिउँसो राजधानीमा आफ्नो शक्ति प्रदर्शन गरेको छ । यसअघि एमाले नेता महेश बस्नेतको नेतृत्वमा युथ फोर्सले राजधानीमा गरेको मोटरसाइकल […]