नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले नेता महेश बस्नेतलाई पहिले दुर्लभ थापालाई हराएर देखाउन चुनौती दिएका छन् ।
‘महेश बस्नेतजीले मलाई जित्छु भन्नु भएछ, पहिले दुर्लभ थापालाई हराएर देखाउनुहोस्,’ उनले भने, ‘त्यसपछि त म छँदैछु त ।’
देउवाले आज भक्तपुर पुगेर पार्टी वडा अधिवेशनको उद्घाटन गरेका छन् ।
सूर्यविनायक नगरपालिका–५ को वडा अधिवेशन उद्घाटन गर्दै भक्तपुरमा कांग्रेस मजबुत रहेको बताए ।