नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले मंगलबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका ४० मध्ये १० खेलाडीलाई प्रशिक्षणबाट बाहिर राखेका हुन् । डिफेन्डर देवेन्द्र तामाङ, चिरिङ गुरुङ, निशान खड्का, अमित तामाङ र गौतम श्रेष्ठ बाहिरिएका छन् । प्रशिक्षक हुमागाईले मिडफिल्डर पूजन उपरकोटी, राजन गुरुङ र सुवास गुरुङलाई पनि छोडेका छन् भने फरवार्ड जर्ज प्रिन्स कार्की र आशिष चापागाईँले पनि टोली छाड्ने भएका छन् ।