काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् भन्दै परिवर्तनको हल्ला गर्नेलाई चेतावनी दिएका छन् ।
प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चेतावनी दिँदै दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकारसँग लगभग दुई तिहाइ रहेको बताएका हुन् ...