काठमाण्डाै – नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादको टुङ्गो नलागेसम्म नयाँ सरकारको विषयमा कुनै निर्णय नगर्ने भएको छ । बिहीवार बसेको पदाधिकारीको बैठकले अहिले नयाँ सरकारको विषयमा कांग्रेसले कुनै निर्णय र अग्रसरता नलिने निर्णय गरेको कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।सर्वोच्चले संसद् पुनर्स्थापनकाे फैसला गरे पनि अहिलेसम्म नेकपा कानुनी रूपमा एक रहेको र सरकारसँग दुई तिहाइ मत रहेकाले कांग्रेसले अन्य विषयमा सोच्न उपयुक्त नहुने पदाधिकारी बैठकले निर्णय गरेको छ...