कांग्रेसमा सत्ता गुम्दाको आक्रोश : निशानामा सभापति र महामन्त्री

गठबन्धन भत्किएर सत्ता विमुख भएको नेपाली कांग्रेसभित्र राजनीतिक घटनाक्रमको मन्थन भइरहेको छ । गठबन्धन बचाउन नसकेको भन्दै संस्थापन इतर पक्षबाट सभापति शेरबहादुर देउवाविरुद्ध घेराबन्दीको संकेत देखिन्छ ।यता संस्थापन पक्ष भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको ‘अल्लारेपन’ पनि उत्तिकै जिम्मेवार रहेको बताउँछ । काठमाडौंमा सत्ता उलटफेर हुँदा साहित्य महोत्सवमा गफिन पोखरा पुगेका कारण थापा र शर्मा पनि केन्द्रीय सदस्यको प्रश्नको घेरामा परेका छन् ।समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा गर्न

सम्बन्धित सामग्री

नयाँ गठबन्धन बनाउने धन्दामा लागेको भन्दै देउवामाथि खनिए विश्वप्रकाश शर्मा

काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई नयाँ गठबन्धन बनाउने खेलमा लागेको भन्दै आक्रोश पोखेका छन् । उनले सभापति देउवालाई सरकार बनाउने धन्दामा नलाग्न चेतावनी नै दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य छोडेर एमालेसहितका दलसँग सहकार्य थालेपछि सभापति देउवाले वैकल्पिक गठबन्धन बनाउन कसरत गरेपछि उनले यस्तो टिप्पणी गरेका […]

देउवा–गगन द्वन्द्वको गतिविज्ञान

कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच आगामी दिनमा हुन सक्ने संसदीय दलको प्रतिस्पर्धा गगनका लागि कठिन चुनौती हुने जारी केन्द्रीय समिति बैठकले पनि देखायो । बैठकमा बहुमतमा रहेका देउवा खेमाका अधिकांश सदस्यले पार्टी सुधार गर्ने एजेन्डामा बहस गर्नमा भन्दा गगनप्रति तीतो पोख्नमा ऊर्जा खर्च गरे । उनीहरूका एउटै व्यहोराका समन्वित आक्रोश एवं आलोचना सुनियोजित र रणनीतिक थियो भन्ने सहजै बुझिन्थ्यो ।

गगनमाथि ज्ञानेन्द्रको आक्रोश : सभापति र दलको नेता बदल्न सम्भव छ?

काठमाडौं : नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री गगनकुमार थापालाई सभापति र संसदीय दलको नेता बन्ने मनस्थिति बदल्न आग्रह गरेका छन्। शुक्रबार केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै नेता कार्कीले शेरबहादुर देउवालाई सभापति र संसदीय दलको नेताबाट हटाउने मनस्थितिबाट बाहिर निस्किन महामन्त्री थापालाई आग्रह गरेका हुन्। लामो समय सभापति देउवाको पक्षमा बोलेका नेता कार्कीले महामन्त्री थापाप्रति आक्रोश पोखेका थिए। ‘अहिलेको आवश्यकता सभापति र संसदीय दलको नेता बदल्ने हो? य

कांग्रेस बैठकमा चुनाव पराजयको समीक्षा नै भएन

निर्वाचनमा पराजय बेहोरेपछि पहिलो पटक बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचनको कुनै समीक्षा नै भएन । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा भएको बैठकमा नेतृत्वको कार्यशैलीप्रति नेताहरूले असन्तुष्टि जनाए पनि उक्त एजेण्डामा बैठक प्रवेश गरेन । कांग्रेस सभापति देउवाले महासमिति बैठक बोलाउने प्रतिवद्धता जनाएपछि असन्तुष्ठहरूको आक्रोश मत्थर भएको थियो । नेतृत्वको आलोचना गर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरू थिए । महामन्त्री सशांक कोइरालानिकट केन्द्रीय सदस्य दिपक गिरीले नेतृत्व मनोमानी ढंगबाट चलेको आरोप लगाउँदै केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेकोे बताए । तर, प्रतिनिधिसभा निर्वाचनमा पराजित उनले प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ नतोकिएपछि पार्टी सभापति एव् प्रधानमन्त्री शेरबहादुर देउवाप्रति असन्तुष्ट भएकाले बहिस्कार गरेका हुन् ।