नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री डा. शशांक कोइरालाले कोरोना संक्रमण बढेको भन्दै बैठक रोक्न आग्रह गरेपछि आफूले केन्द्रीय समितिको बैठक रोकेको बताएका छन् ।
सभापति शेरबहादुर देउवा तोकिएको समयमा पार्टीको महाधिवेशन गर्न इच्छुक नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आरोप लगाएको छ ।
‘शशांकले नै रोक्न भनेको हो । डाक्टर मान्छेले भनेको मैले नमान्ने ? डाक्टर भइसकेको मान्छे महामन्त्री छ, कोभिड भइसकेको मान्छे, उहाँको सल्लाह नलिने भन्ने हुन्छ ?’ बुधवार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेल...