राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा दुईदिने ‘राष्ट्रव्यापी सनातन धर्म सम्मेलन’ सुरु भएको छ । काठमाण्डौंको पशुपतिक्षेत्रमा सुरु भएको सम्मेलनको उद्घाटन समारोहमा राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपालको गुमेको हिन्दुराष्ट्रको पहिचान छिट्टै पुनर्स्थापित हुने विश्वास व्यक्त गरे । अध्यक्ष थापाले वैदेशिक शक्तिहरूको बलमा जवरजस्ती नेपालमा धर्मनिरपेक्षता घोषणा गरिएको आरोप लगाउदै हिन्दुराष्ट्र पुनःस्थापना गर्न सनातन ॐकार परिवार भित्रका हिन्दु, बौद्ध,