पाशुपत क्षेत्रमा सनातन धर्म सम्मेलन

काठमाडौँ – राष्ट्रिय सनातन धर्म संस्कृति महासङ्घको आयोजनामा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन शुरु भएको छ। पाशुपत क्षेत्रमा आजदेखि शुरु भएको सोमबारसम्म चल्ने उक्त सम्मेलनमा ॐ कार परिवारभित्रका हिन्दू, बौद्ध किराँत धर्मका विद्वान्ले सहअस्तित्वपूर्ण समाज निर्माणका लागि आध्यात्मिक चिन्तनको महत्वकाबारे छलफल गर्नेछन्। करिब ६० जिल्लाका धार्मिक अगुवा सम्मेलनमा धार्मिक गुरु, लेखकलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ। […]