नेपाली काँग्रेसले पोखरा महानगरको मेयर र उपमेयरको लागि आवेदन खुलाएको छ । ४ वैशाख दिउँसो ४ बजेभित्र इच्छुकहरूले आफ्नो नाम महानगर समितिमा टिपाउनुपर्नेछ । काँग्रेस पोखराले सूचना जारी गरि आकांक्षी आफैं उपस्थित भएर नाम दर्ता गराउनुपर्ने जनाएको छ ।सत्ता गठबन्धनमा रहेको नेपाली काँग्रेसले पोखराको मेयर उपमेयर पाउने नपाउने कुनै टुंगो छैन । स्रोतका अनुसार पोखराको मेयर एकीकृत समाजवादीले पाउने पक्का जस्तै छ । महामन्त्री गगन थापाले पनि माधवकुमार नेपालले पोखराको मेयर आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेको बताए ।