नेपाल पक्षका नेताहरू आन्तरिक छलफलका लागि कोटेश्वरमा

काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरू आन्तरिक छलफलका लागि निवास कोटेश्वर पुगेका छन्। १० बुँदे सहमति कार्यान्वयन गराउने विषयमा छलफल गर्न कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरू कोटेश्वर पुगेका हुन्। आजै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विश्वासको मत लिँदै छन् । देउवालाई विश्वासको मत दिने नदिने बारेमा पनि छलफलबाट निर्णय लिइने नेपाल निकट […]

सम्बन्धित सामग्री

लोसपाका नेताहरू बालुवाटारमा

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू बालुवाटार पुगेका छन् । सत्तारुढ दलको बैठक चलिरहँदा आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँडका लागि लोसपा नेपालका नेताहरू बालुवाटार पुगेका हुन् । सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग सिट बाँडफाँटका लागि अन्तिम तयारी भइरहेको वेला लोसपा नेपाल बालुवाटार पुग्नुले राजनीतिमा नयाँ सहमतिको प्रयासको […]

नेपाल समाजवादी पार्टीका दर्जन बढी नेताहरू माओवादीमा प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टी छाडेर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीतिर लागेका १५ भन्दा बढी नेताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्यद्वय यज्ञ पोखरेल, अतिउल्लाह मुसलमान लगायतका नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेपाल समाजवादी पार्टीमा लाग्नुअघि मुसलमान जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष, पोखरेल मुख्य सचिव […]

झलनाथलाई स्वागत गर्न माधव नेपालसहित नेताहरू विमानस्थलमा

नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको स्वागतका लागि माधव नेपाल लगायतका नेताहरू विमानस्थल पुगेका छन् ।  सोमवार अपरान्ह स्वदेश फर्केका खनालको स्वागतका लागि नेता नेपालसहित पार्टीका शीर्ष नेताहरू विमानस्थल पुगेका थिए ।  खनाललाई स्वागत गर्दै नेता नेपालले प्रदेश र स्थानीय तहका नेताहरू धमाधम पार्टीमा फर्किन लागेको बताए । नेता नेपालले केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन कमजोर बनाएकोले पार्टी पुनर्गठन गर्नुपरेको दाबी गरे ।  उपचारका लागि दुई महिनाअघि भारतको नयाँ दिल्ली गएका नेता खनाल उप...

माधव नेपालसहित नेताहरू चन्द्रागिरि रिसोर्टमा

काठमाडौँ– माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरू निर्वाचन आयोगले सनाखतका लागि बोलाएको अघिल्लो दिन चन्द्रागिरी रिसोर्ट पुगेका छन् । निर्वाचन आयोगले बुधबार नेपाल पक्षलाई सनाखतका लागि बोलाएको छ । नयाँ पार्टी सनाखतका लागि आयोगले बुधबार बोलाएको हुँदा आन्तरिक छलफल गर्न नेता नेपाल निकट नेताहरू चन्द्रागिरी पुगेका हुन् । नेताहरुका लागि रिसोर्ट बुक […]

एमालेको विघटित कार्यदलका नेताहरू सहमति खोज्न अनौपचारिक छलफलमा

नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएर शुक्रवार विघटन गरिएको कार्यदलमा रहेका नेताहरू सहमति खोज्न अनौपचारिक छलफलमा जुटेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरू छलफल गरिरहेका छन् । शुक्रवारको एमाले स्थायी कमिटी बैठकले नेपाल पक्षको उपस्थिति विना नै कार्यदलको प्रतिवेदन अनुमोदन गरेको थियो । बैठकले कार्यदल विघटन समेत गरेको छ । कार्यदल अनुमोदन भइसक्दा समेत नेपाल पक्ष पार्टी बैठकमा उपस्थित नभएपछि दुवै पक्षका नेताहरू अनौपचारिक छल...

नेताहरू कोटेश्वरबाट फर्किएसँगै कार्यदलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं। नेपाल पक्षका नेताहरू कोटेश्वर लागेपछि ढिलाइ भएको एमाले कार्यदलको बैठक सुरु भएको छ । नेताहरू माधव नेपालसँग छलफल गरी फर्किएसँगै २ बजे बस्ने भनिएको बैठक ५ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको हो । शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति जुटेको र आजको बैठकले अन्तिम रूप दिएपछि औपचारिक घोषणा गर्ने एक कार्यदलका सदस्यले जानकारी दिए ।

विपक्षी गठबन्धनका शीर्ष नेताहरू छलफलमा, माधव नेपाल पनि सहभागी

संसद विघटनविरुद्ध सर्वोच्च अदालत गएका विपक्षी गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

ओलीसँग छलफलका लागि सिंहदरबार पुगे माधव नेपालपक्षीय नेताहरू

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताका लागि नेकपा एमालेको माधव नेपाल पक्षीय नेताहरू सिंहदरबार पुगेका छन् । साँझ ६ बजेका लागि तय भएको वार्तामा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरू घनश्याम भुसाल,  गोकर्ण विष्ट लगायत सिंहदरबार पुगेका हुन् । ओली र नेपालबीच बिहीवार क्याप्टेन रामेश्वर थापाको चपलीहाइटस्थित घरमा ४ घण्टा लामो वार्ता भएको थियो । उक्त वार्तामा ओली-नेपाल दुवै २०७५ जेठ २ को पेरिफेरिमा पुगेर सहमति खोज्न तयार भएका थिए । त्यसलाई अन्तिम रूप दिन कार्यदल गठन गर्ने तयारी...

ओली र नेपाल पक्षीय नेताहरू धुम्बाराहीमा

ओली र नेपाल पक्षबीच हुन लागेको वार्तामा नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट आइपुगेका छन्।

ओलीसँग भेटका लागि माधव नेपाल र उनीपक्षीय नेताहरू धुम्बाराहीमा

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटका लागि पार्टीका प्रभावशाली नेता माधवकुमार नेपाल धुम्बाराही पुगेका छन् । दोस्रो तहका नेतालाई लिएर भेटका लागि नेता नेपाल पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुगेका हुन् । भेटका लागि नेता नेपालसँगै उनी पक्षीय नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त लगायत पनि धुम्बाराही पुगेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पक्षबाट भने अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली धुम्बाराही पुगेका छन् । प्रधानमन्त्...