नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएर शुक्रवार विघटन गरिएको कार्यदलमा रहेका नेताहरू सहमति खोज्न अनौपचारिक छलफलमा जुटेका छन् ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरू छलफल गरिरहेका छन् ।
शुक्रवारको एमाले स्थायी कमिटी बैठकले नेपाल पक्षको उपस्थिति विना नै कार्यदलको प्रतिवेदन अनुमोदन गरेको थियो । बैठकले कार्यदल विघटन समेत गरेको छ ।
कार्यदल अनुमोदन भइसक्दा समेत नेपाल पक्ष पार्टी बैठकमा उपस्थित नभएपछि दुवै पक्षका नेताहरू अनौपचारिक छल...