काठमाडौं : सरकारले बाढी तथा पहिरोमा परी मृत्यु भएका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ। बुधबार मन्त्रिपरिषद्को बैठकले बाढी-पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो।बैठकले परिवारको एकजना मात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार २ लाख रुपैयाँ र एकजना भन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने निर्णय गरेको गृह मन्त्रालयका सूचना अधिकारी दिल कुमार तामाङले जानकारी दिए। तामाङका अनुसार बाढीपहिरोमा परी घाइते भएकाहर