विराटनगर महानगरद्वारा कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य सहयोग गर्न माग

असार ६, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरसबाट उत्पन्न स्वास्थ्य समस्यालाई सम्बोधनका लागि सहयोग पुर्‍याउन अन्तरराष्ट्रिय निकायलाई आह्वान गरेको छ  । संघीय र प्रदेश सरकारले कोभिड–१९ नियन्त्रणका लागि खोप सहित अन्य स्वास्थ्य सामग्री सहजरुपमा उपलब्ध गराउन नसकेको जनाउँदै महानगरपालिकाले भगिनी सम्बन्ध कायम भएका अन्तरराष्ट्रिय सहर र विभिन्न दातृ  संस्थासँग सहयोगको अपिल गरेको हो । शनिवार सञ्चारकर्मीसँग भर्जुअल छलफलमा महानगरपालिकाका प्रमुख भीम पराजुलीले सरकारले स्थानीय तहमा जनघनत्वअनुसार खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्दा समस्या भएको बताए । उनले भने, ‘खोप खरीदका लागि संघीय सरकारको अनुमति आवश्यक हुने हुँदा खरीद प्रक्रियामा अघि बढ्न सकिएको छैन । सरकारले उपलब्ध गराएको खोप पनि अपुग छ । जनगुनासो बढ्दो छ । यसकारण खोप ल्याउन सरकारले सहज वातावरण बनाउन आवश्यक छ ।’ विगतमा महानगरपालिकासँग प्रत्यक्षरुपमा काम गरेका र लामो समयदेखि सम्बन्ध भएका देश, भगिनी सम्बन्ध कायम भएका र हुन गइरहेका शहर तथा अन्तरराष्ट्रिय संस्थाहरु राष्ट्रसंघीय विकास कार्यक्रम, करुणा फाउन्डेशन नेपाल, हेल्थ इन्भाइरोन्मेन्ट एन्ड क्लाइमेट एक्शन फाउन्डेशन, रोटरी क्लब इन्टरनेशनल र निजी क्षेत्रले अत्यन्तै सहयोग गरेकामा प्रमुख पराजुलीले  प्रशंसा  गरे ।  यस्तै महानगरले एक विज्ञप्ति जारी गरी दोस्रो चरणको कोभिडको नयाँ भेरियन्ट महानगरपालिकामा समुदायस्तरमा फैलिएको र तेस्रो चरणको समेत भेरियन्ट आउने सम्भावनालाई दृष्टिगत गरी  ती सस्थालाई विगतमा जस्तै सहयोग आह्वान गरेको छ । ती निकायलाई अति आवश्यक स्वास्थ्य सामग्री अक्सिजन, कन्सन्ट्रेटर, भेन्टिलेटर, भिटिएम, एन्टीजेन किट, अक्सिमिटरसहित खोप प्रबन्धका गर्न अपिल गरेको छ । महानगरप्रमुख पराजुलीले महानगरले गरेको अपिललाई अन्तरराष्ट्रिय सहयोगी संस्थाहरुले सहयोग गर्नेमा आशावादी रहेको बताउँदै विगतका दिनहरुमा पनि ती संस्था र राष्ट्रले गरेको योगदानको  स्मरण गरे । रासस

सम्बन्धित सामग्री

स्वास्थ्य चौकीलाई औषधि तथा सर्जिकल सामग्री सहयोग

सिमकोट – काठमाडौँको नेपाल हेल्थ ट्रष्टले हुम्लाको एक स्वास्थ्य चौकीलाई औषधि तथा सर्जिकल सामग्री सहयोग गरेको छ। स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको ट्रष्टका कर्मचारी जिल्लामा आएका बेला स्वास्थ्य चौकीले आवश्यक पर्ने औषधि र सामग्री माग गरेको थियो। सिमकोट गाउँपालिका– १ र २ को ठेहे स्वास्थ्य चौकीका इञ्चार्ज दानबहादुुर बोहराले ट्रष्टबाट औषधि र सर्जिकल सामग्री सहयोग […]

शरणार्थीहरु ११ बुँदे माग सहित युएनएचसीआरको कार्यालय अगाडि धर्नामा

शरणार्थीहरुले ११ बुँदे माग सहित युएनएचसीआरको गेटमा  धर्ना दिएका छन् । शरणार्थीले संयुक्त राष्ट्रसंघको शरणार्थी मामिला हेर्ने निकाय युएनएचसीआरको कार्यालयमा धर्ना दिएका छन् । युएनएचसीआरको गेटमा धर्नामा बसेका शरणार्थीले आफ्ना बालबालिकालाई दिइँदै आएको शैक्षिक सुविधा, मासिक सहयोग, स्वास्थ्य सुविधा, रोजगारी लगायतका मागहरू प्रस्तुत गरेका छन् । काठमाण्डौको कपन क्षेत्रमा बस्दै आएका शरणार्थीहरुले आधारभूत  माग पूरा […]

अस्पताललाई अत्यावश्यक उपकरण सहयोग

सिमकोट – स्वास्थ्य सेवा कार्यालयअन्तर्गत जिल्ला अस्पताललाई महँगा मूल्यका अत्यावश्यक उपकरण सहयोग उपलब्ध भएको छ। कार्यालयको मागअनुसार अस्पतालका लागि आवश्यक उपकरण निःशुल्क उपलब्ध भएका हुन्। अस्पतालका चिकित्सक टासी आङ्जु लामाले अस्पतालको माग र आवश्यकतालाई ध्यानमा राखी उक्त उपकरण उपलब्ध भएको जानकारी दिए। युएस एडको आर्थिक सहयोगमा स्वास्थ्यका लागि सक्षम प्रणालीले ६४ लाख ३५ हजार १६९ […]

अर्बुदका विपन्न बिरामीलाई सहयोग गर्दै पूर्वाञ्चल क्यान्सर अस्पताल

–चन्द्रकला भण्डारीविपन्न नागरिक औषधोपचार कोषमार्फत उपलब्ध गराइँदै आएको सहयोग रकम बढाएर रु पाँच लाख पुर्याउनुपर्ने सरोकार पक्षले माग गरेको छ । सरकारले अर्बुद, मिर्गौला र मुटुरोग आदिका उपचारमा  सहयोग गर्दै आएको छ ।स्थानीय पालिका र स्वास्थ्य संस्थाका सिफारिसका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले   कोषमार्फत हाल रु एक लाखसम्म त्यस्ता बिरामीलाई उपचार सहयोग प्रदान गर्दै आएको छ । “मेरी आमाको पाठेघरको मुखको अर्बुदको उपचार गराइरहेको छु”, चिकित्सकले रु तीन लाख ५० हजार शु

थाइल्याण्डले सैनिक विशेष विमानमा जेठ १४ गते नेपाललाई स्वस्थ्य सामाग्री पठाउने

काठमाडौं। थाइल्याण्डले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोग स्वरुप स्वास्थ्य सामाग्री पठाउन लागेको छ। परराष्ट्र मन्त्रालयकाअनुसार जेठ १४ गते रोयल थाई फोर्सको विशेष विमानमा अक्सिजन कन्सन्ट्रेटर्स, पीपीई, सर्जिकल मास्क, एन्टीजेन टेस्ट किटलगायका स्वास्थ्य सामाग्री थाइल्याण्ड सरकारले नेपाल पठाउँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते थाइल्याण्डका राजालाई सम्बोधन गरी सहयोग माग गरेकी थिइन्। त्यसपछि थाई सरकारले सहयोग पठाउन लागेको हो।

अधिवेशन स्थगित गरी नेपालमा सहयोग जुटाउन एनआरएनए अमेरिकासँग माग

अमेरिकाको विभिन्न शहरमा बस्ने नेपालीले नेपालमा नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर तीव्र भइरहेका बेला गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका शाखाको अधिवेशन स्थगित गर्न माग गरेका छन् । एनआरएनए अमेरिकाको सदस्यसमेत रहेका गैर आवासीय नेपालीले नेपालमा तीव्र सङ्क्रमण फैलिएका बेला अधिवेशन रोकेर नेपालमा कोरोना पीडितका लागि स्वास्थ्य सामग्री एवं राहत जुटाउन सहयोग गर्न नेतृत्वसँग माग …

तिब्बत सरकारसँग कोभिड नियन्त्रणका लागि सहयोग माग

फुङ्लिङ / कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग आज सहयोग माग गरेको छ । तीव्र रुपमा कोभिड–१९ फैलँदै गएपछि नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग माग गरिएको हो । ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग डिस्पोजेबल मेडिकल मास्क २९ हजार थान, एन्टिना टेस्ट किट पाँच हजार थान, एन–९५ मास्क एक हजार थान, पिपीई... The post तिब्बत सरकारसँग कोभिड नियन्त्रणका लागि सहयोग माग appeared first on Purbeli News.

भारतमा कोरोना नियन्त्रणमा सेना परिचालनको माग

एजेन्सी। भारतमा कोरोना नियन्त्रणमा सेनाको मद्दत लिनुपर्ने बहस सुरु भएको छ। कोरोनाविरुद्धको लडाइँमा सेनाका सेवानिवृत्त चिकित्सकहरु सहभागी गराउने चिफ अफ डिफेन्स स्टाफको निर्णयको त्यहाँ स्वागत गरिएको छ। कतिपय मुलुकबाट प्राप्त सहयोग जहाजबाट ल्याउन र देशका विभिन्न क्षेत्रमा पुर्‍याउन सेनाको प्रयोग हुनुपर्ने माग हुन थालेको छ। देशको ध्वस्त स्वास्थ्य व्यवस्थामा सेना सहयोगी बन्न सक्ने धारणा बलियो भएको छ।